कालोबजारी गर्नेलाई कारवाही हुन्छः मन्त्री थकाली

thakali

काठमाडौं, १८ भदौ -बाणिज्य मन्त्री रोमी गौचनथकालीले लाईसेन्स प्राप्त फर्महरुको अनुगमन गर्ने र गलत गरेको पाईए त्यस्ता फर्महरुलाई तत्काल कारवाही गर्ने बताएका छन् । रिपोर्टर्स क्लब नेपालले शनिबार आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री थकालीले ईजाजत प्राप्त फर्महरुले कानुनी विपरित काम गरे, कालोबजारी गरे र कृत्रिम अभाव सिर्जना गरेको पाईए ती फर्महरुलाई कारवाही गरेरै छाड्ने बताए । मन्त्री थकालीले गलत गर्नेहरुलाई कारवाही गर्दा कोही कसैले अवरोध गरे आफू त्यसबाट एक ईन्च पनि पडाडि नहट्ने बताए । मन्त्री थकालीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आसन्न भारत भ्रमणमा द्धिपक्षीय महत्वपूर्ण सन्धिसम्झौता हुने सम्भावना रहेको बताएका छन् । मन्त्री थकालीले विगतमा भएका सबै खाले सन्धि सम्झौताहरुलाई ईमान्दारीपूर्वक कार्यान्वयन गर्दै अघि बढ्ने र नयाँ केही सम्झौताहरु प्रधानमन्त्रीको आसन्न भारत भ्रमणमा हुने विश्वास व्यक्त गरेका गरे । नेपालको बजार भनेको नै भारत र चीन भएकाले नेपाली उत्पादनको असर नपर्नेगरि डाटा बेस एनलाईसीसमा रहेर सम्झौताहरु गर्नुपर्नेमा जोड दिए । फरक प्रसँगमा उनले प्रधानमन्त्रीको भारत भ्रमण हुनु अगावै देशै बेच्न लागेको गरि अफवाह फैलाउने काम भएको भन्दै देशलाई अहित हुने गरि कुनै सम्झौतानहुने स्पष्ट पारे । उनले संविधान संशोधन प्रक्रिया छिट्टै अघि बढ्ने विश्वास व्यक्त गरे । संशोधन प्रक्रियामा एमालेले पनि सहयोग गर्नेमा आफू विश्वस्त रहेको उनको भनाइ थियो ।

 

 

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*