फास्ट ट्रयाकको ठेक्का भारतीय कम्पनीलाई दिइनुपर्ने उपप्रधान तथा गृहमन्त्री निधिको अडान

काठमाडौं, १७ भदौ ।
उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिले काठमाडौ-तराई जोड्ने फास्ट ट्रयाक निर्माणको ठेक्का भारतीय कम्पनीलाई दिइनुपर्ने आडान राखेका छन्।

संसदको श्रम तथा अन्र्तराष्ट्रिय सम्बन्ध समितिको बैठकमा शुक्रबार बोल्दै मन्त्री निधीले यस्तो बताएका हुन्। यस अघि उनी भौतिक योजना मन्त्री हुँदा काठमाडौ तराई जोड्ने फास्ट ट्रयाक निर्माण गर्ने ठेक्का भारतीय कम्पनीलाई दिने निर्णय भएको थियो।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले फास्ट-ट्रयाक बन्न नदिन अनेक खालका भूमिका खेलिरहेको भन्दै मन्त्री निधिले आरोप लगाए। एमालेका कारण काठमाडौ-तराई फास्ट ट्रयाक तुहाउने खेल भइरहेको उनले आरोप लगाए।

सर्वोच्च अदालतले समेत भारतीय कम्पनीलाई फास्ट ट्रयाक निर्माणको ठेक्का नदिन आदेश जारी गरिसकेको छ। तरपनि मन्त्री निधीले फास्ट ट्रयाक निर्माणको ठेक्का भारतीय कम्पनीलाई दिनुपर्ने पक्षमा बोलेका छन्।

यसअघि प्रधानमन्त्री प्रचण्डले समेत काठमाडौ-तराई फास्ट ट्रयाकको निर्माण नेपाल आफैले गर्ने बताएका थिए।

 

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*