सिमांकन पछि यस्तो बन्दैछ अवको दैलेख

१९ भदौ, दैलेख । स्थानिय तह पुर्नसंरचना अन्तर्गत दैलेख जिल्लाको सिमांकन कार्य टुंगिएको छ । लामो छलफल र वहसपछि जिल्लामा ५ वटा नगरपालिका र ३ वटा गाउपालिका गठन गरीने सर्वसम्मत टुंगाईएको वुझिएको छ ।

निर्वाचन क्षेत्र नंं.२ मा ३ वटा नगरपालिका साथै क्षेत्र नं.१ मा २ वटा नगरपालिका र ३ वटा गाउपालिका रहने गरी जिल्लास्थित सर्वदलिय dailekh map 1वैठकले टुंगो लगाएको हो । जिल्लाका सवै क्षेत्रबाट आएका सुझावसंगै हेरफेरसहित सिमांकन गरीएको साथै साविक नारायण र दुल्लुसंगै राकमकर्णाली,देवलोक,रानीमत्ता गरी ५ वटा नगरपालिका र ज्वाला,वेस्तडा र नौमुले गरी ३ वटा गाउपालिका प्रस्ताव पेश गरीएको छ । सदरमुकामको नगरपालिकालाई ४५ हजार र अन्य नगरपालिकालाई ३५ हजार जनसंख्या हुनुपर्ने निर्देशिकामा उल्लेख भएअनुसार नगरपालिको र गाउपालिकाको हकमा २५ हजार जनसंख्या पुग्ने गरी प्रस्ताव गरीएको जिल्लास्थित सर्वदलिय समितीका प्रतिनिधीहरुले जानकारी दिएका छन् ।
दैलेख जिल्लामा प्रस्ताव गरीएका नगरपालिका र गाउपालिकाको केन्द्रविन्दु पनि सर्वदलिय वैठकले तोकेको छ । नगरपालिकाको हकमा राकमकर्णालीको तिलेपाटाको शितलचौर,देवलोकको चामुण्डाको देउराली र रानीमत्ताको घोडावासलाई केन्द्रविन्दू मानिएको छ । त्यसैगरी गाउपालिकाको हकमा ज्वालाको छिउडीवजार, नौमुलेको नौमुले वजार र वेस्तडाको विक्रमचौर तोकिएको छ । पुराना नारायण र दुल्लु गाविसको केन्द्रविन्दु साविक नै मानिएको साथै नारायण नगरपालिकासंग ईलाका नं. २ र वेलपाटा गाविसलाई समाहित गरीएको छ भने दुल्लु नगरपालिकामा ईलाका नंं.८ र ईलाका नंं. ७ का नाउलेकटुवाल र छिउडीपुसाकोट गाविसको आधा भुभाग समेटिएको स्रोतले जनाएको छ । रानीमत्ता नगरपालिकामा साविकको ईलाका नंं. ५ र ६ साथै देवलोक नगरपालिकामा साविकको ईलाका नं.९ समेटिएको छ भने राकमकर्णाली गाविसमा ईलाका नं.१० र ११ का ७ वटा गाविस समेटिएको स्रोतवाट वुझिएको छ ।
गाउपालिकाको हकमा वेस्तडामा ईलाका नंं.४ का ७ गाविस, नौमुलेमा ईलाका नं.३ का ७ वटा गाविस र ज्वालामा ईलाका नंं. ७ का गमौडी,कालभैरव,गौरी , मालिका र छिउडीपुसाकोट गाविसको आधा भुभाग समेटिएको वुझिएको छ । जनजाति समुदायको वाहुल्यता रहेको नौमुले गाउपालिकालाई विशेष संरक्षित गाउपालिकाको रुपमा सिफारीश गरीने तयारी गरीएको जिविसस्रोतको भनाई रहेको छ । सिमांकनको विषयमा नारायण , दुल्लु र देवलोक नगरपालिकाका वडा विभाजनमा सामान्य विवाद भएको वुझिएको छ । जिल्लाको सिमांकनका सन्दर्भमा राष्टिय जनमोर्चाले संघियताको विषयमा फरक मत भएको भन्दै सहभागी नभएको जनाएको छ ।

About Author

Comments

  1. Durgasing nepal
    Durgasing nepal 4 September, 2016, 04:32

    इलाका नम्बर 8 लाई दुल्लु नगर् पालिका मा घोषणा गरियोस् र इलाका नम्बर 7लाई पनि नगर् पालिका बनाइयोस अनि 9-10-11लाई नगर् पाली का र गाउँ पाली का बनोस् दुई नम्बर मा यति गरे पछि बिवाद हुँदैन जस्तो मलाई लाग्छ जस्तो एक नम्बर को कुरा छ, नारायण नगर् पालिका एक र नौउमुले लाई दोर्सो नगर् पालिका को रुप मा स्थापित होस र यो पनि मिलाएर र त्यसको अलावा अरु बिकट गाबिस हरुलाइ मिलाएर गाउँ पालिका बनाइ योस यसो भएमा हाम्रो दैलेख जिल्लामा बिवाद आउला भन्ने लाग्दैन

    Reply this comment
  2. keshar majhi
    keshar majhi 5 September, 2016, 06:56

    राकम कर्णालीको लागि कहिल्यै नाम नसुनिएको तिलेपाटाको सितलचौर केन्द्र प्रस्ताव गरिएको हो भने यसमा सहमति छैन घोर आपत्ति छ । बरु साबिकको सहमति झै अब सिंगौडी, राकम कर्णाली, सिंगासैन र पिपलकोटलाइ गाउँपालिका बनाउन प्रस्ताब गरियोस । अन्यथा नगरपालिकाको यही स्वरुपमा राख्न खोजिएको हो भने तिलेपाटाको पुरानो सामन्तबादी एबं जिमुवाली शासनलाइ कुनै हालतमा समर्थन हुने छैन । यसमा चित्त नबुझ्नेहरुले तुरुन्तै कमेन्ट गरिदिनु होला भन्ने अनुरोध पनि ।

    Reply this comment

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*