वेचविखन तथा ओसारपसारको प्रमुख कारण वेरोजगारी.ं प्रजिअ क्षेत्री

२० भदौ, दैलेख । मानव वेचविखन तथा ओसारपसारको प्रमुख कारण समाजमा ब्यापत बेरोजगारी र अशिक्षा भएको प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले बताएका छन् ।
मानव बेचविखन तथा ओसार पसार नियन्त्रण सम्वन्धी १० औं राष्ट्रिय दिवसको अवसरमा बोल्दै प्रमुख जिल्ला अधिकाी क्षेत्रीले बढ्दो सहरीकरण, असीमित महात्वांक्षाले पनि मानव वेचविखनको समस्या पैदा भएको बताए । प्रजिअ क्षेत्रीले भने ‘सामान्य जीवन यापन र आफ्नो श्रोत अनुसारको खर्च गर्ने बानी बसाल्न सके दलालहरुले प्रलोभन पार्न सक्ने कम सम्भावना हुन्छ ।
प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालयको तर्फ वाट प्रहरी निरिक्षक भुवनेश्वरप्रसाद साहले मानव वेचविखन तथा ओसारपसार नियन्त्रण सम्वन्धी नेपालमा भइरहेकोे प्रयास, कानुनी व्यवस्था, दण्ड सजाय र आम सरोकारवालाहरुले निर्वाह गर्नु पर्ने भुमिका लगाएतका विषय वस्तु समेटिएको कार्यपत्र प्रस्तुत गरेका थिए । जिल्ला वार एसोसियसन दैलेखका अध्यक्ष यमराज थापाले कार्यपत्र माथि टिप्पणी गर्दै मानव वेचविखन गर्ने र गराउने लाई कानुनमा दण्ड सजाय तथा जरिवाना कम भएको बताए । गरिवि र वेरोजगारी नै मानव वेचविखनको कारण भएकाले यसको लागि राज्य उद्धासिन भएको नेपाल पत्रकार महासंघका अध्यक्ष नमन शाहीले बताए ।
राजनीतिक दलको तर्फ वोल्दै नेपाली कांग्रेसका सहसचिव रत्न शाहीले मानव वेचविखन तथा ओसार पसार गर्नु मनवता विरुद्धको जघन्य अपराध भएका बताए । यस्तो अपराधिक कार्यमा संलग्न जोकोहीलाई पनि कडा कारवाही गर्नु पर्छ, विद्यमान ऐन कानुनमा दण्ड सजाय तथा जरिवानाको मापदण्ड कम भए पनि नयाँ संविधान अनुसार वन्ने ऐन कानुनमा सजायको मापदण्ड वा दायरा कडा वनाउनका लागि सुझाव अनुरुप आआफ्नो पार्टीमा लवी गछौँ, शाहीको प्रतिवद्धता थियो । दिनहु मानव बेचविखन तथा ओसारपसारका घटनाहरु भैरहे पनि एक वर्ष यता प्रहरीमा कुनै उजुरी नआएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । दिवस समारोहमा उपस्थित अतिथि सहभागीहरुलाई महिला विकास अधिकृत विश्वमणी जोसीले स्वागत गरे थिइन् भने संचालन खरिदार मानबहादुर वस्नेतले गरेका थिए ।

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*