एमालेसँग सहमति नगरी संविधान संशोधन प्रक्रिया अघि बढाउनुहुँदैन ः रायमाझी

नेकपा माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीले संविधान संशोधनको लागि एमालेको सहयोग अनिवार्य रहेको बताउँदै भने,‘संविधान संशोधनको लागि दुईतिहाई चाहिन्छ, त्यो एमाले, राप्रपा नेपाल, माले लगायतका विपक्षी दलहरुले साथ दिएमात्रै सम्भव छ, उहाँहरुले साथ दिनुभयो भने संशोधन हुन्छ, होईन भने गाह«ो हुन्छ ।’ उनले संशोधनको लागि दलहरूवीच राष्ट्रिय सहमति बन्नुपर्ने बताए । उनले अघि थपे,‘संशोधन प्रस्ताव दर्ता गरेरमात्रै हुँदैन ।’
नेता रायमाझीले संविधान निर्माण र जारी गर्दाको जस्तै संशोधन र कार्यान्वयनको लागि दलहरुवीच सहमति, सहकार्य र एकताको आवश्यकत्ता औल्याउँदै भने,‘एमालेले पनि यसमा सहयोग गर्नुपर्छ ।’ उनले संविधान कार्यान्वयन गर्दा आवश्यक परे संविधान संशोधन गर्नुपर्ने बताए ।
‘संविधान संशोधन नगरी अहिलेकै अवस्थामा चुनाव हुन कठिन छ, संशोधन प्रस्ताव पेश गरेरमात्रै मधेशी मोर्चाका साथीहरुले त्यसैलाई ईस्यु बनाएर चुनावमा जाने हो भने निर्वाचन हुन सक्छ, प्रस्ताव जाने तर संशोधन नहुन पनि सक्छ, प्रस्ताव लैजानको लागि हामी तयार छौं’, उनले प्रस्ट्याए ।

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*