महिला संघको महाधिवेशन भदौ २९ गते

२६ भदौ, काठमाडौं, । नेपाली कांग्रेसको भातृ संगठन नेपाल महिला संघले आफ्नो तेस्रो महाधिवेशन भदौ २९ गतेदेखि काठमाडौंमा गर्ने भएको छ ।

महिला संघले आइतबार रिपोर्टर्स क्लव नेपालमा पत्रकार सम्मेलन गरेर भदौ २९ देखि ३१ गतेसम्म काठमाडौंको भृकृटीमण्डपमा तेस्रो womenमहाविधेशन गर्ने जनाएको हो । महिला संघकी अध्यक्ष डा.डीला संग्रौलाले तोकिएको समयमा महिला संघको महाधिवेशन गर्नका लागि सबै तयारी पूरा भएको जानकारी दिईन् । शसक्तिकरणका चार निकास, समान सहभागिता, शान्ति, समृद्धि र संवैधानिक विकास भन्ने मूल नाराका साथ महिला संघले अधिवेशन गर्न लागेको हो ।

बिबादका कारण लामो समयदेखि महाधिवेशन हुन नसकी रहेका बेला महिला संघले भदौ २९ गते मधिवशनको तयारी पूरा भएको जनाएको छ । पत्रकार सम्मेलनसँगै महिला संघ आजैदेखि तेस्रो महाधिवेशन भव्यताका साथ सम्पन्न गर्न तयारीमा जुटेको छ । महिला संघको महाधिवेशनमा करीव २ सय महिला प्रतिनिधि सहभागी हुने प्रवक्ता निर्मला क्षेत्रीले बताईन । उहाँले प्रतिनिधिहरुका लागि खानेपानी, बसोबास, स्वास्थ्य परीक्षणदेखि आधारभूत सबै तयारी गरिएको समेत उल्लेख गरिन ।

भदौ २९ गते भृकुटीमण्डपमा कांग्रेस सभापति शेरबहादुर देउवाले महिला संघको तेस्रो महाधिवेशन उद्घाटन गर्नु हुनेछ । भदौ ३० गते भृकुटीमण्डपमै बन्दसत्र हुनेछ । भदौ ३१ गते राष्ट्रिय सभा गृहमा मतदान गर्ने कार्यक्रम छ ।

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*