उपत्यकाका निजी बिद्यालयमा बम फेला

 ४ असोज,काठमाडौं- उपत्यकाका बिभिन्न ५ वटा बिद्यालयमा बम फेला परेको छ । काठमाडौंका ४ र ललितपुरको एक वटा स्कुलमा बम फेला परेको हो । काठमाडौंका बिद्यालयमा भेटिएको बम बिस्फोटन भएको थियो । भने ललितपुरमा भेटिएको बम प्रहरीको डिस्पोज गरेको थियो । काठमाडौंको डल्लुस्थित कञ्चजजंघा स्कुल, बौद्धस्थित राई स्कुल, आकाशदीप स्कुल, इस्टपोल स्कुल र बौद्ध दक्षिणढोकास्थित मनकामना स्कुलमा शंकास्पद वस्तु भेटिएको विद्यालयका प्रिन्सीपल भवानी पौडेलले बताए ।
मनकामान स्कूलको गेटमा विस्फोटनबाट सामान्य क्षति भएको पौडेलले जानकारी दिए । त्यस्तै ललितपुरको रेडियन्ट स्कुलमा पनि प्रेसरकुकर बम भेटिएको छ ।
शंकास्पद वस्तु भेटिएको स्थानमा योंङ कम्युनिष्ट फोर्स र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी केन्द्रको पर्चा भेटिएको छ । बम भेटिएको स्थानमा सेनाको बम डिस्पोजल टोली पुगेको छ । राजधानीमा शंकास्पद वस्तु राख्ने समूहले यसअघि काठमाडौंमा बस जलाएका थिए । प्रहरीले सुमन देवकोटा नेतृत्वको योङ कम्यूनिष्ट फोर्स र अखिल नेपाल विद्यार्थी केन्द्रले बम राखेको अनुमान गरेको छ । यस्तै आज नै काठमाडौं र ललितपुरका सातवटा विद्यालयमा बम आक्रमण गरेको अभियोगमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार योङ्ग कम्युनिष्ट फोर्स नेपालका दुईजना कार्यकर्तालाई पक्राउ गरी अनुसन्धान थालिएको छ । पक्राउ गरेका दुई जनाको नाम भने खुलाइएको छैन । त्यहीँका दुई विद्यालयबाट नपड्केको सिलिन्डर बम बरामद भएको थियो ।

 

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*