राजीतिक स्थायीत्व चाहन्छन भारतीय लगानी कर्ता ःउपाध्यक्ष खड्का

५ आसोज, सुर्खेत । भारतीय लगायत तेस्रो मुलुकका लगानी कर्ताले नेपालमा राजनीतिक स्थायीत्व खोजेको नेपाल राष्ट्रिय उद्योग तथा ब्यापार संगठनका केन्द्रिय उपाध्यक्ष मदन खड्काले बताएका छन् ।
भरखरै सम्पन्न प्रधानमन्त्री पुष्पकमल दाहलको ४ दिने राजकिय भ्रमणको सदस्यका रुपमा भारत पुगेका उपाध्यक्ष खड्काले नेपालमा madanबन्ने सरकारको स्थायीत्व नै नभएकाले भारत लगाएतका देशका लगानीकर्ताहरु त्रसित भएको उनले दावी गरे । ब्यसायीहरु राजनीतिक स्थायीत्व चाहने भन्दै उनले धेरैजसो लगानीकर्ताहरु नेपालको जलविद्युतमा लगानी गर्न इच्छुक रहेको प्रमणका क्रममा आफुले पाएको दावि गरे । नेपालको राजनीतिक स्थायीत्व भए एक हजार मेघावाट जालविद्युत निकाल्न भारत र बेलायतका दुई जना लगानी कर्ताले १२ अरब रुपैया छुट्याएको नेपालका उद्योगी सँगको भेटमा जानकारी दिएको उपाध्यक्ष खड्काले जानकारी दिए ।
देशको विकासमा वैदेशिक लगानीको महत्व रहेको आफुले भ्रमणका क्रममा जानकारी पाएको भन्दै भारतका ठूला उद्योगमा समेत बेलायत लगाएतका अन्य देशका ब्यवासायीको लगानी रहेको अनुभव सुनाएका थिए । भ्रमणका क्रममा नेपालका तर्फबाट भारत लगाएतका तेस्रो देशका ब्यवसायीलाई नेपालको जलविद्युतका क्षेत्रमा लगानी गर्न नेपालका संभावित जलविद्युत परियोजनाका बारेमा जानकारी गराइएको उपाध्यक्ष जानकारी दिए । नेपाल सरकारका तर्फबाट प्रस्तुत कार्यपत्रमा छैटौ प्रदेशकबाट सबैभन्दा धेरै विद्युत उत्पादन गर्न सक्ने र भेरी नदिबाट मात्रै तीन स्थानबाट विद्युत उत्पादन गर्न सकिने उल्लेख गरिएको खड्काले जानकारी दिए ।
भारत भ्रमण र नेपाल राष्ट्रिय उद्योग ब्यापार संगठनको छैटौ प्रदेश भेला तथा अधिवेशन जानकारी दिन आयोजीत पत्रकार भेटघाटमा सरकाले पहिलो पटक मोफसलका ब्यापारीलाई राजकिए भ्रमणमा स्थान दिएको भन्दै यसको निरन्तरता आवश्यक रहेको बताए । खड्काले बुधवार आफ्नो संगठनको अधिवेशन गर्न लागिएको जानकारी दिएका थिए ।

Categories: अर्थ

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*