नेपालको संविधान विश्वकै उत्कृष्ट ःपरराष्ट्रमन्त्री महत

८ असोज, । संयुक्त राष्ट्रसङ्घको ७१औँ महासभाको क्रममा संयुक्त राष्ट्रसङ्घ भवन न्युर्योकमा आयोजना गरिएको प्रथम संविधान दिवस समारोहलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री डा प्रकाशरण महतले संविधानसभाबाट जारी भएको नेपालको संविधान विश्वकै एक उत्कृष्ट र समावेशी भएको बताएका छन् । उनले सम्बोधनकै क्रममा संविधानको कार्यान्वयनमार्फत मुलुकलाई अगाडि बढाइने पनि दाबी गरे ।

उनले विगतका दुई वटा द्वन्द्वरत पक्ष र शान्ति सम्झौताका हस्ताक्षर कर्ताबीचमा भएको पछिल्लो गठबन्धनले पनि नेपालको शान्ति र संविधान निर्माण प्रक्रियाले गति लिएको तथा कार्यान्वयन पनि सहज रुपमा अगाडि बढ्ने स्पष्ट पारे ।

नेपालको संविधान कुन हदसम्म समावेशी छ भन्ने स्पष्ट पार्दै उनले राज्यका पाँच महत्वपूर्ण पदमध्ये तीनवटामा महिला नै प्रमुख रहेको बताए । राष्ट्रपति, सभामुख, प्रधानन्यायाधीश तीनै जना महिला भएको भन्दै उनले समावेशीताको उत्कृष्ट नमूना नेपालले प्रस्तुत गरेको दाबी गरे ।

उनले कार्यकारी प्रमुख (प्रधानमन्त्री) पनि महिला नै हुनुपर्छ भन्ने पक्षमा रहेको भन्दै उनले त्यो सपना पनि पूरा हुने दाबी गरे । उनले कार्यकारी प्रमुख को बन्ने भन्ने चाहिँ खुलाएनन् ।

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*