लोक तथा दोहोरी प्रतिष्ठानको राष्ट्रिय अधिवेशन काठमाडौंमा शुरु

 ८ असोज,काठमाडौं – राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको ६ औँ राष्ट्रिय अधिवेशन आजबाट काठमाडौंमा सुरु भएको छ । अधिवेशनले १५ सदस्य सहित नयाँ कार्य समिति चयन गर्ने प्रतिष्ठानले जनाएको छ । ४ वर्षे कार्यकालको लागि प्रतिष्ठानले नयाँ कार्य समिति सहित सदस्यहरु चयन गर्न लागेको हो ।
महाधिवेशनको उद्घाटन अघि राजधानीमा विभिन्न स्थानमा र्यालीको आयोजना समेत गरिएको थियो । नयाँ नेतृत्वका लागि टीकाराम चपाइ, विष्णु खत्री, बद्री पंगेनीले उम्मेदवारी दिने तयारी गरेका छन् । देशका झण्डै ६० जिल्लाबाट १८ सय प्रतिनिधि महाधिबेशनमा सहभागि भएका छन् ।

 

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*