माथेल्लो मस्र्याङ्दी ए को उद्धघाटन काठमाडौबाटै गरिने

८ असोज, लमजुङ । उत्तरी लमजुङको भुलभुलेमा निर्माण भएको माथिल्लो मस्र्याङ्दी ए जलविद्युत आयोजनाको उद्घाटन आगामी सोमबार उर्जामन्त्री जनार्दन शर्माले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । शर्माले काठमाडौंको हायत होटलबाट आयोजनास्थलमा रहेका कर्मचारीलाई स्वीच थिच्न निर्देशन दिएर उदघाटन गर्ने कार्यक्रम रहेको उर्जा मन्त्रालयले जनाएको छ ।
उत्पादन भएको ५० मेगावाट विजुली दशैंअघि नै वितरण गरिनेछ । चाइनिज कम्पनी सिनो हाइड्रो र सगरमाथा पावर कम्पनीको प्रवर्द्धन mathरहेको नेपाली कम्पनी सिनो हाइड्रो सगरमाथाले लमजुङको भुलभुले गाविसमा पावर हाउस राखेर मर्स्याङ्दी नदीबाट विजुली निकालेको हो । सो आयोजनाबाट मन्त्रीसँग उदघाटनका लागि लमजुङ पुग्ने समय नभएकाले हायत होटलबाटै मन्त्रीले फोनमार्फत स्वीच थिचेर बत्ती बाल्न निर्देशन दिएर सो आयोजनाबाट उत्पादित विजुलीको उदघाटन गर्ने कार्यक्रम रहेको उर्जा मन्त्रालयले जनाएको छ ।
आयोजनाको निर्माणकार्य २०७० सालमा सुरु भएको थियो । २०७३ असोज १ गते सम्ममा व्यावसायिक उत्पादन गर्ने समय भएपनि आयोजनाले एक वर्षअघि नै उत्पादन गर्न सक्ने भनेर सरकारलाई लिखित पत्राचार गरको थियो ,तर भुकम्प र भारतीय नाकाबन्दीका कारण आयोजनाको काम पछि धकेलिँदा पनि तोकिएको समयमै आयोजना सम्पन्न गर्न सफल भएको सिनो हाइड्रो सगरमाथाका जनसंपर्क अधिकृत कर्ण अधिकारीले बताए । आयोजनाबाट उत्पादित विजुली नेपाल विद्युत प्राधिकरणको दमौली प्रसारणलाइनमा जोडिने छ । आयोजनाको १३ अर्ब रुपैयाँ खर्च अनुमान गरिएपनि नाकावन्दी तथा विभिन्न आन्दोलनका कारण १५ अर्व खर्च भएको आयोजनाको दाबी छ । आयोजनामा सिनो हाइड्रो चाइनाको ९० प्रतिशत र सिनो हाइड्रो सगरमाथाको १० प्रतिशत लगानी रहेको छ । आयोजनाका लागि आश्यक पर्ने ऋण एक्जिम बैंक अफ चाइनाबाट लिइएको हो ।

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*