प्रभावित जिल्लामै कार्यालय खोल्ने पुनर्निर्माण प्राधिकरणको बैठकमा प्रस्ताव

९ असोज, काठमाडौ । आइतबार बिहान प्रधानमन्त्री कार्यलय सिंहदरबारमा बसेको पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठकले भुकम्प प्रभावित जिल्ला मै कार्यालय खोल्ने विषयमा छलफल चलाएको छ । बैठकमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत(सिइयो) सुशील ज्ञवालीले प्रगति विवरण र कार्ययोजना प्रस्तुग गरेका थिए ।

pradप्राधिकरणका सदस्य निमानन्द रिजाल, किशोर थापा र तारानिधि भट्टराईले प्राधिकरणका समस्या र चुनौतीबारे समीक्षा गरेका थिए । प्राधिकरण निर्देशक समितिको अर्को बैठक सोमबार दिउँसो २ बजे सिंहदरबारमा बस्ने गरी सम्पन्न भएको छ । प्राधिकरणका सदस्य किशोर थापाले प्रधानमन्त्री प्रचण्डले सबैको धारणा सुनपछि सोमबार निर्देशन दिने जानकारी दिएका छन् । उनले भने, ‘जनताले छिट्टै राहत र पुनर्निर्माण होस भन्ने चाहेका छन् । सरकारी नियम, कानुन र प्रचलन अनुसार जनअपेक्षा र प्राधिकरणको कार्यप्रणालीमा ठूलो ग्याप देखिएको छ।’

प्राधिकारणका सहप्रवक्ता भीष्मकुमार भुषालका अनुसार प्राधिकरणले संगठनात्मक संरचनालाई अलि प्रभावकारी बनाउन चाहेको जानकारी दिदै अहिले कायम रहेका क्षेत्रीय कार्यालयलाई विस्तार गरी भूकम्प प्रभावित १४ जिल्लामा नै कार्यालय स्थापाना गर्ने प्रस्ताव बैठकमा गरिएको बताए ।

त्यसैगरी, पुनर्निर्माणमा भएको र अर्थमन्त्रालयको कोषमा भएको रकम उपयोग बारेमा सीइयो ज्ञावलीले बैठकमा प्रस्ताव पेश गरेका छन् । सिइयो ज्ञवालीले कति प्रगति भयो र किन समयमा नै काम गर्न सकिएन भनेर समीक्षासहितको प्रस्ताव र धारणा राखेको स्रोतले बतायो ।

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*