लडाकु शिविरको हिनामिनामा प्रधानमन्त्री र अख्तियार प्रमुख मिलेको आरोप

oo

काठमाडौं, ९ असोज -व्यवस्थापिका स‌ंसद्‍को आइतबारको बैठकमा लडाकु शिविरमा भएको हिनामिनाको आरोपबाट चोखिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीसँग मिलेको आरोप लगाएका छन् । बैठकमा नेकपा एमालेका सांसद्‍ पशुपति चौलागाईंले लोकमानसँग कुरा मिलिसकेको भन्दै प्रधानमन्त्रीले दिएको अभिव्यक्तिले देशको कानुनी शासन, विधि र पारदर्शितामा गम्भीर प्रश्न उठेको बताएका थिए ।
सर्वोच्च अदालतले सुरुमा लोकमानलाई अख्तियारमा नियुक्त गर्दाको फाइल हरायो भन्ने गैरजिम्मेवारपूर्ण जवाफ दिएको सरकारले दोस्रो पटक फाइल भेटियो भन्दै बुझाउनुमा गम्भीर चलखेलको संकेत गरेको चौलागाईंको भनाई थियो ।काङ्ग्रेसका सांसद् रामहरि खतिवडाले प्रधानमन्त्रीले अख्तियार र लोकमानसँग सबै कुरा मिलाइसकेँ भनेर दिएको अभिव्यक्तिबारे सदनमा जानकारी गराउन माग गरेका थिए । खतिवडाले कानुन सबैलाई समानरुपमा लाग्ने बताउँदै गलत काम गरेको भए कसैलाई पनि उन्मुक्ति दिन नहुने बताए । सांसद इकवाल अहमद साहले सदनमा उठाइएका विषयलाई सरकारले गम्भीर रुपमा नलिएकोमा आपत्ति जनाईन् ।

 

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*