केपी ओलीले भने नेपाली कांग्रेस शिकार गरेर अघाएको बाघ जस्तो

९ असोज । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसलाई शिकार गरेर अघाएको बाघको संज्ञा दिएका छन् ।

राजधानीमा आइतबार पत्रकार गोपाल खनालले लेखेको पुस्तक ‘भूराजनीति’ को विमोचन गर्दै ओलीले कांग्रेसलाई यस्तो संज्ञा दिएका हुन् । ‘नेपाली कांग्रेस अहिले शिकार गरेर अघाएको बाघ जस्तो टाङ फारेर सुतेको छ,’ ओलीले भने ‘सही के–को ? गलत के–हो ? केही थाहा छैन, कुनै प्रतिक्रिया छैन ।’

ओलीले माओवादीलाई सरकारको नेतृत्व गर्न दिएपछि कांग्रेस आनन्दले सुतेको भन्दै सरकारका प्रवक्ताले देश विरोधी राष्ट्रियता विरोधी कुरा गर्दा पनि चुप लागेर बसेको आरोप लगाए । ‘कांग्रेस अहिले पनि वीपीको नीति भन्दै कुदेको छ,’ उनले भने ‘कांग्रेसको त अहिले नीति नै छैन जस्तो छ, निदाएको हो कि ब्युँझिएको त्यो समेत थाहा छैन ।’

ओलीले त्यसो भन्दा मञ्चमा बसेका कांग्रेस नेता डा रामशरण महत झोँक्किएका थिए । ओलीले महततिरै फर्किएर अहिले पनि कांग्रेसको नीति छ ? भनी प्रश्न गर्दा महतले झोँक्किएर ‘किन नहुनु अहिले झन् बलियो छ’ भन्दै प्रतिक्रिया दिए ।

आफ्नो मन्तव्य सकिएपछि मञ्चमा उक्लिएका ओलीले महतलाई सम्झाउँदै केही भनेपछि उनी साम्य भएका थिए । महत कार्यक्रम स्थलबाट बाहिर निस्कने क्रममा पहिलो न्युजले केपी ओलीले तपाईंसँग के कुरा गर्नुभएको भनी प्रश्न गर्दा महतले भने– ‘मैले तपाईंलाई होइन, सभापति शेरबहादुर देउवाजीलाई भनेको हो भन्नुभयो ।’
एमाले भैँसी होइन्

कार्यक्रममा ओलीले एमाले भैसी नभएको मन्दै विदेश नीति अरुलाई खुशी पार्नका लागि नभई आफ्नो राष्ट्रियतालाई ख्याल गरेर बन्नुु पर्ने तर्क गरे । ‘एमाले भैँसी होइन,’ उनले भने ‘अरुले गाली गर्दा पनि सहेर बस्ने । भैँसी भए पो जति गाली गर्दा पनि अन्तिममा घाँस वा कुँडो दिएपछि खान्छ, एमाले त भैँसी होइन नि ?’ ओलीले पारस्पारिक लाभका आधारम विदेश नीति हुनुपर्नेमा जोड दिए ।

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*