धादिङबेसीबाट किन्ताङफेदी जाँदै गरेको बस दुर्घटना, १४ को मृत्यु

११ असोज, धादिङ । धादिङको उत्तरी क्षेत्रको मार्पाक गाविसमा यात्रुबस दुर्घटना हुँदा कम्तिमा १४ जनाको मृत्यु भएको छ ।

सदरमुकाम धादिङवेसीबाट दार्खा गाविसको किन्ताङफेदी जाँदै गरेको ना ४ ख ३३१८ नम्बरको बस मार्पाक गविसस्थित लापाङ चौतारा नजिकै सडकबाट करीव २०० मिटर तल खसेको थियो ।

दुर्घटनामा अहिलेसम्म १४ जनाको मृत्यु भएको धादिङका एसपी शरद खत्रीले जानकारी दिएका छन् । मृतकमध्ये पुरूष १० र महिला ४ जना रहेको उनले बताए ।

दुर्घटनामा ९ जना गम्भीर घाइते भएका छन् भने उनीहरूको उद्दारका लागि हेलिकप्टर पठाउने तयारी भइरहेको एसपी खत्रीले जानकारी दिए ।

कच्ची बाटो र क्षमताभन्दा बढी यात्रुका कारण दुर्घटना भएको हुनसक्ने आशंका गरिएको छ ।

उद्धारमा खटिएका स्थानीयका अनुसार मृतकको संख्या अझै बढ्नसक्ने छ । दुर्घटनाग्रस्त बसमा अझै केहि मानिसहरु च्यापिएका छन् । दुर्घटनास्थलमा केहिबेर अघिमात्र प्रहरी पुगेको थियो ।

 

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*