लागु औषध छोडन चाहन्छ दैलेखका दुब्र्यसनीहरु

१२ असोज, दैलेख । लागुऔषधको प्रयोग गरिरहेका दैलेखका दुब्र्यसनीहरुले सहयोग पाए कुलत छोटन चाहेको बताएका छन् ।

गलत साथीहरुको संगतले दुब्र्यसनी भएको भन्दै लगत बानी त्याग्न राज्यबाट सहयोगको अपेक्षा गरेको जानकारी दिए । प्रहरी मेरो साथी dscn3297अन्तरगत सम्ताह ब्यापी कार्यक्रमको तेस्रो दिन मंगलबार आयोजीत दुब्र्यसनीहरुका लागि मनोबैज्ञानीक परामर्श कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन् । दुब्र्यनीहरुले राखेका अधिकांस जिज्ञासमा उनिहरुले दुब्र्यसनी छोडन चाहेको जवाफ दिएका थिए । साथीको लहलहै, मनोरञ्जन र यौन सन्तुष्टि प्राप्त गर्न लागुऔषधको प्रयोग गर्ने गरेको जानकारी दिदै उनिहरुले यसको प्रयोग घटाउन आफुहरु इच्छुक रहेको बताएका थिए । २० जना लागुऔषध प्रयोगकर्ताहरुले विगतमा गरेको गलतकाम आगामी दिनमा छाडेर नयाँ जिवन शुरुगर्न आफुहरु प्रयासमा रहेको बताएका थिए । मदिरा, ब्राउनसुगर, गाँजा लगाएतका लागुपदार्थ सेवन गर्ने गरेको उनिहरुले जानकारी दिए ।
दुब्र्यसनीहरुलाई पूर्व दुब्र्यसनी विनोद खड्काले प्रशिक्षण दिदै विगतमा आफु पनि यसको सिकार भएको भन्दै नयाँ जिवनको शुरुवातका लागि त्यागेको जानाएका थिए । दुब्र्यसनीलाई समाजमा हेर्ने दृष्टिकोण नै नराम्रो हुने हुदाँ दोस्रो दर्जाको नगरिक सरह बाच्नु पर्ने बताए । पुर्व दुर्व्यसनी खड्काले लागु पदार्थ,मादक पदार्थ दुर्व्यसनीको पहिलो उपहार प्रहरी हिरासत, दोस्रो अस्पतालको शैया,तेस्रो अन्तिम मृत्युको शैया भएको बताएका थिए ।
जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक केदार रजौरेले पोखरामा दैलेख भन्दा बढी दुब्र्यसनी हुने गरेको जानकारी दिदै प्रहरीको सक्रियतामा कम भएको बताए । दैलेखमा भरखर लागुऔषधका प्रयोगकर्ता बढन थालेको भन्दै यसको न्यूनिकरण प्रहरी मेरो साथी कार्यक्रमबाट हुने विश्वास ब्यक्त गरेका थिए । दुब्र्यनीनै गलन बानी त्याग्न छाडिरहेका बेला दैलेख दब्र्यसनी अन्त्य गर्न सफल जिल्ला हुने दावि समेत गरेका थिए । नेपाल बार इकाइका जिल्ला अध्यक्ष यमराज थापाले दुब्र्यनीले घर विखण्डित गराउने भन्दै घर जोडन लागुऔषधको सेबन त्याग्नु पर्ने बताएका थिए । दुब्र्यसनीका कारण धेरैको सम्बन्ध विश्छेद, घरेलु हिंसा लगायतका घटना समाजमा घट्ने हुदाँ सम्भय नागरिकको परिचय बनाउन लगत आनीबानी त्याग्न अध्यक्ष थापाले सल्लाह दिएका थिए ।

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*