आत्मनिर्भर बन्दै छ सय कृषक

महेन्द्र सापकोटा
दैलेख १५ असोज – यहाँका जिल्लाका दुई नगरपालिका छ सय कृषक व्यवसायीहरु आत्मनिर्भर बन्दै गएका छन् । निर्वाहमुखी खेती प्रणालीलाई अन्त्य आधुनिक र उत्पादनशिल खेतीतिर लागेपछि नारायण नगरपालिका र दुल्लु नगरपालिकाका ६ सय किसानहरु आत्मनिर्भर बनेका हुन् ।
ज्वालागढी मसला उद्योगको पहलमा ती किसानहरु पूर्ण ब्यवसायिक किसान बनेका हुन् । ज्वालागढी मसला उद्योग र विनर क इन्टरनेशनल( किसान परियोजना) बीच भएको सम्झौता अनुसार दुवै नगरपालिकाका ६ सय जना किसानलाई तालिम,प्राविधिक सहयोग पाएपछि उनीहरु व्यवसायिक कृषक बनेको किसान परियोजनाले जनाएको छ ।
२०७३ भदौ देखी ज्वालागढी मसला उद्योग, दैलेखले २ जना जेटिए परिचालन गरी ३० समूह गठन प्रकृया अघि बढाएको थियो । दुवै नगरपालिकाका ६ सय किसानहरुलाई समूहमा आवद्ध गराई २६ वटा समूहलाई प्रयोगात्मक र सैद्धान्तिक तालिम प्रदान दिएपश्चात कृषकले टमाटरको नर्सरी समेत राखी सकेका छन् ।
टमाटर क्याचप र चिल्ली सस उद्योग स्थापना गर्नका लागि ज्वालागढी मसला उद्योगले सहयोग गरेको हो । उद्योगले माघ महिना भित्रै मध्य तथा सुदुरपश्चिमको ठूलो सस उद्योग दैलेखमा सञ्चालन गर्न लागेको ज्वालागढी मसलाका सञ्चालक गीता खत्रीले जानकारी दिइन । सस उद्योगका लागि हामीले चाहिने कच्चा पदार्थ टमाटर र खुर्सानी उत्पादनका लागि ६ सय जना किसानलाई पहिलो चरणमा किसान उद्यमी बनाउने पहल शुरु गरेको छौं उनले थपिन ।
उद्योगलाई प्रभावकारी बनाउन परियोजनाले जिल्लाका कर्मचारी र कृषकहरुलाई संयुक्त रुपमा टट तालिम दिई सकेको छ । जीवन निर्वाहका लागि आफुहरुले जीवनमै जीउने तालिम पाएको अधिकाँश सहभागीले बताएका थिए । ६ सय जना किसानहरुलाई ३० वटा समूहमा आवद्ध गराई टमाटर र खुर्सानी उत्पादन गर्न लगाउने, पाँच हजार दैलेखका किसानहरुलाई सहयोग गर्ने ज्वालागढी मसला उद्योगका संचालक गिताकुमारी खत्रीले बताईन । खत्रीका अनुसार उद्योग स्थापना पछि किसानहरुसित ५ वर्षका लागि खरिदविक्री करार सम्झौता गर्ने , किसानहरुलाई प्राविधिक सेवा निरन्तर दिने, नर्सरी ब्यवस्थापन, उत्पादन र उत्पादन उपरान्त ग्रेडिङ्ग गर्ने तरिका सिकाउने, वित्तिय पहुँचका लागि पहल गर्ने र सबै किसानहरुलाई एउटै वैंकमा खाता खोल्न लगाई मोवाइल वैकिङ्ग सेवाको तालिम दिने र सबै भुक्तानी वैकबाट गर्ने योजना रहेको जानकारी गरिन ।
समूह गठन र नर्सरी ब्यवस्थापन तालिम लिईसके पछि नारायण नगरपालिका अन्तर्रगत साढुका कृषक भक्तबहादुर रावतले, ज्वालागढी मसला उद्योगले यसरी किसानहरुलाई सहयोग गर्दा दैलेखका किसानहरुमा उत्साह बढेको बताए । उनले भने, हामी उद्योगलाई चाहिने कच्चा पदार्थ उत्पादन गर्न तयार छौं । हाल उत्पादन भएको वस्तु बजारीकरण नहुँदा दुःख पाएका छौं । त्यसैले ज्वालागढी मसला उद्योगले ५ वर्षका लागि खरिद सम्झौता गर्ने जुन कुरा गरेको छ, अब हामीले उत्पादन गरेको माल विक्रीको निश्चित हुने भयो भन्नेमा हामी ढुृक्क छौं ।’
यसै गरी काम प्रभावकारी भए वा नभएको बारे किसान परियोजना, विनरक इन्टरनेशनलका केन्द्र, क्षेत्रका कर्मचारीहरु सबैले निरन्तर अनुगमन गर्ने कार्य भईरहेको छ । ज्वाला गढी मसला उद्योगले संचालन गरेको कार्य सन्तोषजनक भएको अनुगमनकर्ताहरुको भनाई छ । जिल्ला स्थित सबै राजनिति दल,सरकारी एवं गैरसरकारी संघ संस्थाले नियमित अनुगमन गरे काम सोच भन्दा बढी प्रभावकारी खत्रीले दाबी गरिन् ।

Categories: अर्थ

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*