लोकमान प्रकरणमा नेपाली काग्रेस सहभागी छ- सिंह

७ कात्तिक, दैलेख । नेपाली काँग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीमाथी लगाइएको महाअभियोगमा नेपाली काग्रेस सहभागी रहेको खुलासा गरेका छन् ।
महाअभियोग सिफारिस समितीमा समेत आफ्नो पार्टी संलग्न भैसकेपछि महाअभियोग प्रकरणमा काग्रेसको भुमिका खोज्नु आबश्यक ppनभएको नेता सिहले बताए । प्रेस युनियन दैलेखले आइतबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता सिंहले महाअभियोग प्रस्तावबारे काँग्रेस सक्रिय भएर लागेको बताउँदै टुंगोमा पुर्याउने बताए । उनले संसदको महाअभियोग सिफारिस समितिमा काँग्रेसले सक्रिय भूमिका खेलिरहेको बताए । एमाले र माओवादी केन्द्रले संसदमा कार्की्विरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराएपछि काँग्रेसले कुनै निर्णय नलिएको अवस्थामा सिंहको यस्तो भनाई सार्वजनिक भएको हो । उनले काँग्रेस संसदको सबैभन्दा ठूलो पार्टी भएकोले जिम्मेवारी पनि बढि भएको उल्लेख गर्दै ठूलो पार्टीका हैसियतले काँग्रेसले जिम्मेवारपूर्ण निर्णय लिने बताए । महाभियोगको पक्ष वा विपक्षमा पार्टी लाग्ने स्पस्ट नबताए पनि उनले काँग्रेस महाअभियोगको पक्षमा रहेको संकेत गरे ।
नेता सिंहले पार्टीको केन्द्रिय समिति बैठकबाट महाअभियोग प्रस्तावमा मतदान हुनुअघि निर्णय लिने जानकारी दिए । उनले कानुन भन्दा कोही पनि ठूलो नभएको भन्दै काँग्रेस कानुनी शासनको पक्षमा रहेको बताए । नेता सिंहले आरोपित व्यक्तिको बयानसहितको महाअभियोग सिफारिस समितिको प्रतिवदेन आएपछि काँग्रेसले प्रतिवेदन अध्यायन गरेर निर्णय गर्ने बताए । उनले माओवादी र एमालेले भन्दै काँग्रेस उनीहरुको एजेण्डामा नजाने बताए । उनले आफ्नो पार्टी ठिक र उपयुक्त निर्णयमा अडिग रहेको बताए । परक प्रसंगमा नेता सिंहले काँग्रेस नेतृत्वमै नयाँ संविधानको कार्यान्वयन गर्ने बताए । उनले तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वमा संविधान जारी भएको भन्दै संविधानको कार्यान्वयनमा काँग्रेसको अन्य पार्टी भन्दा बढि जिम्मेवारी रहेको बताए । फरक प्रसंगमा बोल्दै गरिवि निवारण तथा सहकारी मन्त्री हदयराम थानीले दैलेखको पेट्रोलियम पदार्थ छैटौ प्रदेशकै महत्वपूर्ण स्रोत भएको भन्दै अघेल्लो सरकारले उत्खननमा गरेको काम अगाडीबढाउने बताए ।
विजया दशमी तथा दिपावलीका अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमका लागि नेता सिंह र गरिवी निवारण तथा सहकारी मन्त्री हृदयराम थानीसहितको टिम कर्णाली जानेक्रममा आइतबार दैलेख आएको छ ।

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*