ज्वालामालिका गाउपालीकाको माग गर्दै सदरमुकाममा प्रर्दशन्

दैलेख, कात्तिक ३० । जिल्ला स्थित प्राविधिक समितिले तयार पारेको ४ नगरपालीका र ७ गाँउपालीकाको खाकामा जिल्लाका विभिन्न स्थानबाट विरोध शुरु भएको छ ।

स्थानिय तह पुनसंरचना प्राविधिक समितीले स्थानिय परामर्शकार्यसाला विना नै पुनसंरचनाको खाका बनाएको भन्दै मालिका, गौरी, कालभैरब र गमौडी गाबिसबाट विरोध आएको हो । विगतको ८ संरचना बनाउदा सिफारीस गरिएको ज्वालामालिका गाउँपालीका कायम गर्न माग गर्दै सदरमुकाममा प्रदर्शन गरिएको जनाइएको छ । इलाकाको पहिचान नै समाप्त गर्ने गरि गरिएको संरचना अमान्य रहेको भन्दै आन्दोलन गर्न सडकमा ओलिएको नेकपा एमाले जिल्ला कमिती सदस्य खगेन्द्र थापाले बताए । “अघेल्ले समितीको गाउँपालीकाको लागि सिफारीसमा परेको मालिका, गौरी, कालभैरब र गमौडी गाबिसलई दुल्लु नगरपालीकामा गाभ्ने निर्णयको हामी विपक्षमा छा”ै थापाले भने । विगतको निर्णय यथावत राख्न माग गर्दै सर्बदलिय समिती जिल्लाविकास पुगेर विरोध जनाएको्र थापाले जानकारी दिए । स्थानि तह पुन संरचना आयोगलाई बुझाइएको प्रतिवेदन सच्याउन माग गर्दा पनि बेवास्था गरिएकाले आन्दोलन गर्नुपर्ने बाध्यता आएका नेपाली काग्रेस जिल्ला कार्यसमिती सदस्य किरण भण्डारीले जानकारी दिए ।

जनसंख्या र इलाका दुबै मापदण्डका आधारमा पनि गाउँपालीका बनाउन सकिने भुगोललाई दुल्लु नगरपालीकामा मिसाउने निर्णय गलत भएको भन्दै तत्काल सच्याउन स्थानियले आग्रह गरेको प्रतिनिधिमण्डलले जानकारी दिएको छ । विगतको ८ वटा स्थानिय तह बनाउने राजनैतिक सहमति र प्राविधिक समितिको सिफारिसमा भए अनुसार परिमार्जीत कर्यविधिका् ईलाकालार्य मापदण्ड बनाई स्थानिय तह निर्धारण गर्ने प्रावधिान अनुरुपम इलाका न. ७ का ४ गाबिसको एक गाउँपालीका बनाउन आन्दोलनकारीले माग गरेका छन् । साथै कात्तिक २० गते सर्वदलिय र सर्वपक्षिय निर्णयलाइ कार्यान्वयन गरि जिल्ला प्राविधिक समितिबाट शिफारिस गर्न आन्दोलनरत पक्षले माग गरेका छन् ।
कात्तिक २० गते बसेको सर्बदलिय बैढकले इलाका नं ९ लाई सिंगो नगरपालिका बनाउने निर्णयको लकान्द्र, तोलीजैशी र विसाला गाबिसका बासिन्दाले कात्तिक २१ गते नै विरोध गर्दै सदरमुकाममा विरोध पदर्शन गरिसकेका छन् । स्थानिय तह पुनसंरचना जिल्ला प्राविधिक समितिले गरेको सिफारि फेरबदल हुने दलका नेताहरुले बताए पछि आन्दोलन रोकिएको ज्वालामालिका गाउँपालीकाको माग गर्दे आन्दोलनमा आएका प्रर्शनकारीले बताए ।

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*