दैलेखमा शिक्षाको वजेट १ अर्व ३ करोड

३० कात्तिक, दैलेख । जिल्ला शिक्षा कार्यालय दैलेखले आर्थिक वर्ष २०७३÷०७४ का लागि १ अर्व ३ करोड १० लाख ५२ हजार ६ सय ३२ रुपैंया खर्च गर्ने भएको छ ।
सो रकम ७ वटा कार्यक्रमअन्र्तगत खर्च हुने सो कार्यालयले जानकारी दिएको छ । वुधवार शिक्षा कार्यालयले आयोजना गरेको वार्षिक कार्यक्रम अभिमुखीकरणमा विनियोजित वार्षिक वजेट अन्र्तगत सवैका लागि शिक्षा आधारभुत तह शिक्षक तलवभत्तामा ५३ करोड ८९ लाख education-office-dailekh-1३३ हजार , माध्यमिक तह शिक्षक तलवभत्तामा १३ करोड ६४ लाख ४७ हजार, अनौपचारीक शिक्षा तथा निरन्तर सिकाईमा ४२ लाख ७६ हजार ४ सय उनन्साठी, एसएलसी परीक्षा खर्चमा ३ लाख ९३ हजार ६ सय, शिक्षक सेवा निवृत्तमा ७१ हजार ५ सय त्रिहत्तर, जिल्ला शिक्षा कार्यालय चालु खर्चमा ८९ लाख ९६ हजार र विद्यालय क्षेत्र विकास कार्यक्रममा ३४ करोड १९ लाख ३५ हजार गरी सो रकम खर्च गरीने जानकारी दिईएको छ ।
कार्यक्रममा जिल्लाका १५ वटा विद्यालयमा शिक्षा मन्त्रालयले १० लाख देखि ३२ लाख रकमसम्म विनियोजन भएको र १५ लाखदेखि माथि छुट्याईएको विद्यालयले अनिवार्य भवन निर्माण वा कक्षा कोठा थप गर्नुपर्ने र सो भन्दा कम रकम प्राप्त गर्ने विद्यालयले मेशिनरी उपकरण खरिद,सोलार जडान लगायतका कार्य गर्न पाउने वताईएको छ ।
जिल्लास्थित राजनैतिक दल, पेशागत संघ संगठन ,पत्रकार लगायत सरोकारवाला सहभागी सो कार्यक्रममा कार्यालयले जिल्लाको शिक्षा क्षेत्रको विकासमा विगतमा देखिएका चुनौती र समस्यावारे पनि वृहत छलफल गरेको थियो ।
विद्यालयलाई संचारमैत्री वनाउन विद्युत आपुर्तिको समस्या, सामुदायिक शिक्षाप्रति सकारात्मक सोचमा कमी, जिल्ला उत्पादन भएका जनशक्तिको वाहिरिने अवस्था लगायतका कुराहरु जिल्लाको शैक्षिक विकासको वाधक भएको कार्यालयले प्रस्तुत गरेको वार्षिक कार्यक्रम प्रतिवेदनमा उल्लेख गरीएको थियो ।
कार्यक्रममा भविष्यमा जिल्लालाई पुर्ण साक्षर घोषणा गर्ने कार्य, अनिवार्य आधारभुत शिक्षा लागु गर्ने, शिक्षामा स्थानिय स्रोत साधनको परीचालन र विद्यालयलाई सिकाई केन्द्रको रुपमा विकास गर्ने वारे सरोकारवालाहरुले आफ्नो धारणा व्यक्त गरेका थिए । आगामी १० वर्षभित्र जिल्लालाई उत्कृष्ट सिकाई केन्द्र वनाउदै राष्टियस्तरको शैंक्षिक सूचक मापनमा पहिचान कायम गर्ने तर्फ सहभागी सवैको एकमत रहेको थियो ।
जिल्लाको शिक्षाको सुधार कार्यमा कार्यालयले विगतदेखि सक्दो प्रयास गर्दै आईरहेको र आगामी दिनमा कसैको दवाव र प्रभावमा नपरी योजनावद्ध तरिका अगाडी वढ्न राजनैतिक दल लगायत सवैको सहकार्य आवश्यक रहेको जिल्ला शिक्षा अधिकारी विष्णु अधिकारीले वताएका थिए । उनले शिक्षक नियमितता र विद्यालयको नियमित अनुगमनलाई प्राथमिकतामा राखिएको कुरा पनि कार्यक्रममा जानकारी दिएका थिए ।

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*