मिल निर्माण पछि आत्मनिर्भर बन्दै महिला

३० कात्तिक, दैलेख । दुल्लु नगरपालीका २ बेतनीका हरेक घर पविार तरकारी खेतिबाट अत्मनिर्भर भएका छन् । कार्यबोझका कारण परम्परागत खेतिको बिकल्प नसोचेका त्यहाँका बासिन्दा अहिले तरकारी बाली सँगै नगदेबालीमा पनि अग्रसर भएका छन् ।
जिल्ला स्वास्थय कार्यालय अन्तरगत कृषी तथा खाद्यसुरक्षा आयोजनाको साना अनुदानबाट मिल प्राप्त गरेपछि त्यहाँकाके जिबन सैलीनै फेरिएको छ । पाँच घण्टाको बाटो हिडेर सुवा छेडा घट्टमा र तोरी पेल्न दुल्लु बजार पुग्नु पर्ने बाध्यता रहेका त्यहाका बासिन्दा घर नजीकै मिल womenनिर्माण भएपछि आत्मनिर्भर भएका छन् । बालबालिकालाई कुपोषणबाट बचाउन, गर्भवती महिलाको कार्यबोझ गर्न सञ्चालित आयोजनाले समाजको मुहारनै बदलेको त्यहाँका स्थानियको भनाई रहेको छ । “भौगोलकि रुपमा अपायक भएकाले कुनै पनि निकायको ध्यान केन्द्रित नभएको यस ठाउँमा आयोजना आएपछि हाम्रो जिवनले नै नयाँ मोड लिएको छ” स्थानिय महिला स्वास्थ्य स्वयम सेविका श्यामकला थापाले भनिन् ।
“परम्परागत सैलीले कुटानी र पीसानी गर्दा ढीलाहुने भए पछि ५ घण्टाकै यात्रा गरेर भए पनि घट्ट जानेगरेका थियौ तर त्यहाँ पनि पालो कुर्दा एक दिन नै लाग्ने गथ्र्यो, तरकारी खेती र नगदे बाली हाम्रा लागि सपना मात्र थियो तर अहिले हाम्रै सक्रियतामा मिल निर्माण भए पछि सपना साकार भएको छ ” महिला स्वस्थ्य स्वयम सेमिका थापाले भनिन् । मिल निर्माण पछि कार्यबोझ कम हुदा तरकारी उत्पादन गरि आम्दानी गरिरहेको स्थानियले बताए । महिला समुहकै अग्रसरतामा निर्माण गरिएको मिल सञ्चालनमा छ । छिमेकका मिल भन्दा कम पैसामा कुटानी, पिसानी गरिरहेको आमा समुहले जानकारी दिए । गहुँ, प्रतिकेजी ४ रुपैयामा, मकै प्रति केजी ७ रुपैयामा पिस्ने गरिएको र तोरी प्रति केजी १० रुपैषमा पेल्लने गरेको , धान प्रति केजी ४ रुपैयामा कुटने गरिएको आमा समुहले जानकारी दिए ।
बेतनी आमा समुहले मिल निर्माण गरेपछि गर्भवती महिलाको कार्यबोझ कम भएको र गर्भवती महिला र ताजा तरकारी उत्पादन सँगै सुत्केरी महिलाको खानपानमा पनि सहयोग भएको जिल्ला स्वास्थ कार्यालयका पोषण फोकल ब्याक्ती नन्दलाल जैशीले जानकारी दिए । आयोजनाले मातृ र बाल मृत्युदरमा पनि कमी ल्याउने विश्वास लिएको फोकल ब्यक्ती जैशीले बताए । कृषी तथा खाद्य सुरक्षा आयोजनाबाट तीन लाख, स्वास्थय आमा समुहबाट १ लाख ५६ हजार रुपैयाबाट मिल निर्माण गरिएको जिल्ला प्राविधिक अधिकृत प्रितम श्रेष्ठले जानकारी दिए । आमा समुहलाई कुटानी र पिसानी मिल साहयोग गरेको जानकारी दिदै उनले अहिले आमा समुहले आफ्नै अग्रसरतामा तेल पेल्ने मेसिन समेत ल्याएको जानकारी दिए । जिल्ला कृषी विकास कार्यालयका २०, जिल्ला पशु सेवा कार्यालयका २० र जिल्ला स्वास्थ्य कार्यालयका १० वटा साना अनुदान सहयोग अन्तरतग बेतनी महिला समुहलाई मिल सकयोग गरिएको प्राविधिक अधिकृत श्रेष्ठले जानकारी दिए ।

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*