दैलेख वेस्तडामा पढाईमेला सम्पन्न

११ मंसिर, दैलेख । दैलेखको रुम गाविसको वडा नः १ मा पर्ने वालकल्याण आधारभुत विद्यालयमा पढाईमेला सम्पन्न भएको छ । विद्याथीहरुलाई खेल्दै, गाउदै र रमाउदै पढ्न सिकाउने उदेश्यले पढाई मेलाको आयोजना गरिएको हो । पढाई मेलालाई विश्वशिक्षाको आर्थिक र जिल्ला शिक्षा समन्वय तथा सेवक दैलेखको सहयोगमा गरेको थियो ।

biniमेलाको अध्यक्षता विद्यालय व्यबस्थापन समितिका अध्यक्ष जय बहादुर बि.क.ले गरेका थिए । पढाईमेलाका प्रमुख अतिथि जिल्ला शिक्षा कार्यलय दैलेखका विद्यालय निरिक्षक धिरेन्द्र शर्माले पढाईमेला दैलेखमा अहिले सम्मको नयाँ कार्यक्रम भएको बताउदै पढाईमेला जिल्ला शिक्षा कार्यलयको कार्यक्रम भएको दावि गरे । ई जि आर कार्यक्रमका कार्यक्रम अधिकृत प्रमोद कुमार विष्टले पढाईमेला दैलेखका १ सय ६७ ई जि आर कार्यक्रम लागु भएका विद्यालयमा गरिने जानकारि दिए । ई जि आर कार्यक्रम लागुभएका विद्यालयहरुलाई पायक पर्ने १सय ४० स्थानमा पढाईमेला पुस १५ सम्म सम्पन्न गरिसक्ने कार्यक्रम संयोजक विष्टले जानकारी दिए । पढाई मेलाबाट अभिभावक प्रभाबित भयर निजी स्कूलमा पढाउन छाडेर बालबालीकाहरुलाई सरकारी बिधालयमा पढाउने वालकल्याण आधारभुत विद्यालयका प्रधान अध्यापक निशा शाहिले दावि गरिन ।
मेलामा विद्यार्थीहरुले पठनपाठनमा प्रयोग गर्ने पाठ्य सामाग्रीहरुको स्टल पनि राखिएको थियो । पढाई मेलामा विद्यार्थीहरुले आफुले सिकेका कुरा गित , कविता कथा मार्फत प्रस्तुत गरेका थिए । पढाई मेलामा तीन वटा विद्यालयका विद्यार्थीहरुले भाग लिएको ई जि आर कार्यक्र दैलेखका कार्यक्रम संयोजक देवदर्शन पराजुलिले जानकारि दिए ।

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*