दैलेखका प्रमुख दलहरु गाउँ दौडाहामा

१४ पुस दैलेख । दैलेख जिल्लामा क्रियाशिल प्रमुख राजनीतिक दलहरु यतिवेला पार्टीका विभिन्न कार्यक्रम लिएर गाउँगाउँ पसेका छन् ।
धेरैजसो जिल्ला सदरमुकाममा मात्र भेटिरहने नेता कार्यकर्ता पनि पार्टी अभियान भन्दै गाउँ पसेपछि सदरमुकाम आजभोली शुन्यप्रायझै देखिएको छ । नेपाली काग्रेस र नेकपा एमाले पार्टीलाई अहिले पार्टी सुदृढिकरण तथा संगठन विस्तार अभियानको चटारो परेको छ भने नेकपा माओवादी केन्द्र पनि जनवर्गिय संगठनको बैठक सक्दै गाउँ पस्ने तयारीमा रहेको वुझिएको छ । विभिन्न नाम र नारा दिदै गाउँ अभियानमा दलका नेता कार्यकर्ताहरु गाउ पसेपछि उनीहरुको प्रमुख लक्ष्य स्थानिय निकायको निर्वाचन होकी भन्ने आकलन गर्न थालिएको छ ।
yamपार्टीको अभियानसँगै गाउ पसेका ति दलहरुको प्राथमिकतामा अर्का दलका कार्यकर्ता पार्टीमा प्रवेश गराउने गरेको पाईएको छ । धेरैजसो गाविस र ईलाकास्तरमा भईरहेका ति कार्यक्रममा दर्जनौ पार्टी प्रवेश भएको भन्ने अहिले लहर नै चलेको छ । एमालेले राष्टिय जनमोर्चाका पुर्व जिल्ला अध्यक्ष मयाराम अधिकारीलाई पार्टीमा प्रवेश गराएसंगै नेपाली काग्रेसले नेकपा एमाले पगनाथ गाविसका क्रियाशिल कार्यकर्ता कर्ण अधिकारीलाई क्रियाशिल सदस्यता दिएर पार्टी प्रवेश गराएको छ ।
नेकपा एमालेले वर्तमान राजनीतिक परिस्थिती र एमालेको भावी रणनीतिको जानकारी गराउन एक महिने अभियान नै शुरु गरेको वताएको छ । दुवै निर्वाचन क्षेत्रमा जित हात पारेको एमालेले स्थानिय निकाय निर्वाचन लक्षित कार्यक्रम शुरु एक कार्यकर्ताले जानकारी दिएका छन् । संविधान सभाको निर्वाचनमा दुबै क्षेत्र विजय हासिल गरेको एमालेले स्थानिय निकायको निर्वाचनमा पनि आफ्नो साख कायम गर्न एमालेले एक महिने जनपरिचालन अभियान संचालन गरेकोे एमाले जिल्ला कमिटी उपाध्यक्ष प्रेम थापाले जानकारी दिए । गाउ अभियानमा दुवै निर्वाचन क्षेत्रबाट बिजयी सांसद देखि केन्द्रिय तथा जिल्लास्तरिय नेतासम्म सहभागी भैरहेको वुझिएको छ । नेकपा एमालेले ४९ गाबिस र दुई नगरपालीकामा आफ्नो अभियान संचालन गर्ने र स्थानिय नेता कार्यकर्तालाई पार्टीले दिएको जिम्मेवारी पुरा गर्न क्रियाशिल वनाउने उपाध्यक्ष थापाले वताए । गाउँ अभियानका क्रममा नयाँ सदस्यलाई पार्टीमा भित्राउने सँगै कमजोर सँगठन भएका ठाउमा पहिलो प्राथमिकताका साथ अगाडी वढ्ने नेकपा एमालेका पार्टी अध्यक्ष रविन्द्रराज शर्माले जानकारी दिए । गाउ अभियानसंगै एमाले दैलेखको आयोजना विहिवार नौमुले वजारमा भएको जनसभामा एमालेका पोलिट्व्युरो सदस्य यामलाल कंडेलसमेत सहभागी भई सम्वोधन गरेको थिए ।
उता नेपाली कांग्रेसले पनि संभावित स्थानिय निकायको निर्वाचनलाई लक्षित गरेर गाउँ अभियानमा लागेको छ । नयाँ कार्यसमितीमा यूवा नेताको बाहुल्यता बढे संगै नेपाली काग्रेसको गाउ दौडाहा पनि ह्वात्तै बढेको छ । जिल्लाका विभिन्न बजार क्षेत्र र गाविसमा नेपाली काग्रेसले वैठक, जनसभा र छलफल संचालन गरी पार्टीका गतिविधि शुरु गरेको नेपाली काग्रेसका जिल्ला सह सचिब रत्न शाहीले जानकारी दिए । संविधानसभाको निर्वाचनमा गुमाएको शाख स्थानिय निकाय निर्वाचनमा फर्काउने अभियानमा नेपाली काग्रेसका नेता कार्यकर्ताहरु सक्रिय देखिएको उनको भनाई रहेको छ ।
नेकपा माओवादी केन्द्रले तत्काल गाउ पस्ने कुनै ठोस निर्णय नगरी सकेको र केहि दिनभित्र पार्टी वैठक वसी आगामी कार्यक्रम तय गर्ने वुझिएको छ । केन्द्रका नेता छवि सुवेदीेले विभिन्न अभियान लिएर एमालेसंगै कांग्रेस गाउ गाउ पसेको भएपनि आफ्नो पार्टीको अभियानका वारेमा केहि समय ढिला हुने जानकारी दिएका छन् । त्यसै गरी जिल्लास्थित अरु राजनैतिक दलहरुले भने आफ्ना अभियानवारे हालसम्म केहि सार्वजनिक गरेका छैनन् ।

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*