गाविसबाट प्रबाह भईरहेका सेवा प्रति नागरिकले गरे हाँकाहाँकी बहस

दैलेखखवर समाचारदाता
दैलेख । पीलाडी गाबिसका स्थानिय नागरिकहरुले आफ्ना समस्याहरु र तिनको समाधानका विषयमा हाकाँहाकी बहस गरेका छन् ।
पिलाडी गाबिस र विषयगत निकायहरुले चालु आर्थिक वर्षको प्रथम चौमासिकमा संचालन गरेको विकास कार्यक्रमको प्रभावकारीताको सन्दर्भमा आयोजीत सार्वजनिक सुनुवाई कार्यक्रममा आफ्ना पिर मर्का, गुनाँसा, प्रतिक्रिया र सुझाँब हाँकाहाँकी रुपमा राखेका थिए । कार्यक्रमका सहभागीहरुले पिलाडी गाविस र विषयगत निकायहरुले यस चौमासिक अवधिमा गरेका सबै भन्दा राम्रा कामहरु र गर्न नसकेका कार्यहरुको चर्चा गरेका थिए । पिलाडी गाउँ विकास समितिले यस चौमासिक अवधिमा पुजिगत निकाशा नभएको हुदा विकास निर्माणको कार्य नगरेको र चालु निकाशा मात्र भएकोेले सो रकम मात्र खर्च भएर्को ै गाविस सचिव देविराम सुबेदीले जानकारी गराएका थिए ।
ने.रा.मा.वि. बगौराको विद्यालयको घेरबार राम्रोसँग नभएको, विद्यालयको झेयाल ढोका सबै खुला रहने गरेको, कक्षा ८ मा अध्ययनरत विद्यार्थीहरुबाट नियमानुसार लिन नपाईने रकम रु. १५०.०० लिईएको, बालबालिका लक्षित रकम तोकिएको क्षेत्रमा खर्च नगर्ने गरेका, दलित लक्षित रकमबाट दलित समुदायका व्यक्तिहरु लाभान्वित हुन नसकेको, महिला लक्षित तर्फको रकम दामासाहीका दरले खर्च गर्ने गरेको, सामाजिक सुरक्षा भत्ता वितरणको नामनामेसी गाविस कार्यालय तथा अन्य सार्वजनिक स्थलमा टाँस नगरेको गुनाँसाहरु सहभागिहरुले गरेका थिए ।
विद्यालयमा रहेको कम्प्युटरहरु संचालनका लागि सुर्योदय सोलार कम्पनी धापासीले सप्लाई गरेको र दशै देखि सोलार र ईन्भटरमा आएको खराबीका कारण ईन्भटर सुर्योदय कम्पनीमा मर्मतका लागि पठाईएको र उक्त कम्पनीले हाल सम्म मर्मत गरी नपठाउँदा विद्यालयमा पठाईने कम्प्युटर विषयको पढाई प्रभावित भएको कार्यक्रममा सहभागी खगि वि.सी. ले बताईन् ।
गाविसको सामाजिक सुरक्षा भत्ताको ४०,०००।०० बजेट पुर्व गाविस सचिबको नाममा बेरुजु रहेको र हाल सम्म असुल हुन नसकेका कारण सम्बन्धित निकायबाट कारबाही हुनु पर्ने सहभागिले माग गरेका थिए । सार्वजनिक सुनुवाईमा गरिएका प्रतिवद्धताको पालना अुगमनका लागि रामबहादुर वि.सी.को संयोजकत्वमा ५ सदस्यीय पालना अनुगमन समिति गठन भएको साल्ग पपरियोजनाका फिल्ड सुशासन अधिकृत चक्रबहादुर जि.सी. ले जानकारी दिएका छन् ।
सार्वजनिक सुनुवाईमा गाविस सचिव देविराम सुबेदी, गाविस स्तरमा राजनीतिक दलका नेपाली कांग्रेस, नेकपा एमाले, राप्रपाका प्रतिनिधिहरु, उपस्वास्थय चौकी पिलाडीका ईञ्चार्ज, जोरेबाज उ.मा.वि. का प्राचार्य थिरेन्द्रकुमार वि.सी. जवाफदेहिवक्ताको रुपमा उपस्थिती थिए भने महिला, दलित, जनजाति, ज्येष्ठ नागरिकहरु सहित १२० भन्दा बढि सेवा ग्राहि नागरिकको उपस्थित रहेको थियो ।

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*