‘समृद्धका लागि वामठबन्धनलाई मतदान गर्नुहोस’

सुर्खेत ः सुर्खेत क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार नवराज रावतले मतदाताहरुसँग यसपटक आफूलाई अवसर दिन आग्रह गर्दै जनताका अपेक्षा पूरा गर्ने प्रतिवद्धता जनाएका छन् । नेकपा एमाले र नेकपा माओवादी केन्द्र बराताल गाउँपालिकास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो प्रतिवद्धता जनाएका हुन् ।

nabaraj-rawat
विहीवार बड्डीचौरमा भएको भेलामा रावतले आफूले अवसर पाएमा मतदातालाई निराश नपार्ने बताएका हुन् । ‘मलाई राम्रोसँग थाहा छ यहाँका नागरिकले के चाहनुभएको छ’ रावतले भने, ‘मलाई मतदान गरी विजयी गराउनुभयो भने म उहाँहरुका ति सबै चाहनाहरु पूरा गर्न तयार छु । त्यसैले यहाँका सबै मतदाताहरुले यस पटक मलाई मतदान गरी उहाँहरुको अपेक्षा पूरा गर्ने अवसर दिनुहुनेछ भन्ने विस्वास मैले लिएको छु ।’
रावतले पश्चिम सुर्खेतको विकासका लागि पनि आफूले यसपटक जित्नैपर्ने दावी गरे । यसअघि पटक पटक अरुलाई जिताउँदा यो क्षेत्र विकासमा निकै पछि परेको भन्दै उनले अब पश्चिम सुर्खेतको विकासका लागि आफ्नो जीत अनिवार्य भएको बताए । ‘विगतमा तपाइँहरुले जिताएका प्रतिनिधिहरुले यहाँको विकासका लागि कति काम गरे त्यसको मूल्यांकन गर्नुस्’ रावतले मतदाताहरुसँग अनुरोध गरे, ‘अझ पनि उनीहरुलाई नै जिताउनुभयो यहाँका समस्या जस्ताको त्यस्तै रहनेछन् । त्यसैले अब यस क्षेत्रको नेतृत्व गर्ने अवसर मलाई दिनुस्, म समृद्ध क्षेत्र बनाएर दिनेछु ।’
भेलाबाट बराहताल गाउँस्तरीय निर्वाचन परिचालन कार्ययोजना निर्माण समेत गरिएको छ । प्रत्येक वडास्तरीय भेला तथा कार्यक्रम गर्ने, युवा र महिलाहरुलाई प्रचार प्रसारमा परिचालन गर्ने तथा घरदैलो गर्ने लगायतका कार्यक्रम तयार पारिएको हो । भेलामा नेकपा एमाले जिल्ला कमिटि सुर्खेतका सचिवालय सदस्य घनश्याम पाण्डे, नेता ताराकेशर गौतम, माओवादी केन्द्रका इश्वरभक्त सुनार, भुमिसरा विक लगायतले सम्बोधन गरेका थिए ।

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*