सेवाप्रदायक निकायको काम गुणस्तरिय भएन .ं स्थानिय

दैलेखखबर समाचारदाता
दैलेख । खड्कबाडा गाबिसमा कार्यरत सरकारी तथा गैरसरकारी निकाएको काम गुणस्तरिय नभएको स्थानियले गुनासो गरेका छन् ।
अर्थीक वर्ष २०७१÷७१ को पहिलो चौमासि अन्तरगत खड्काबाडा गाबिसमा ओयोजीत सार्वजनिक सुनाई कार्यक्रमका सहभागीहरुले जिल्ला स्वास्थ्य, गाउविकास समिती लगाएतका सरकारी कार्यालयका कामकाजहरु प्रभावकारी नभएको बताएका हुन । कार्यक्रममा उपस्वास्थ्य चौकि खड्काबाडामा कार्यरत कर्मचारीहरु धेरै विदा बस्ने गरेको , स्थास्थ्य ब्यवस्थापन समितिको बैठक नबसालेको गर्भ चेकजाँच बापतको पैसा नपाएको स्थानिय केशव बिसीले गुनासो गरे । प्रतिउत्तरमा उपस्वास्थ्य चौकि प्रमुख ओम रिजालले काजका क्रममा तालिम, गोष्ठिमा सहभागी भएकाले नियमित उपश्थित हुन नसकेको बताए । कार्यक्रममा अन्य सहभागीहरुले गाबिसले जन्मदर्ता, मृतुदर्ता गराउदा लग्ने सुल्क बापतको रसिद नदिने गरेको गुनासो गरे । उनिहरुले सामाजीक भत्ता पाउने ब्यक्तिहरुको नामावली सार्वजनीक गर्न बारम्बार माग गर्दा पनि गोप्य राखिएको भन्दै सार्वजनीक गर्न अनुरोध गरेका थिए ।
सार्वजनीकि सुनुवाईमा बोल्दै गाबिस सचिब हेमन्तबहादुर मल्लले चालु अर्थीक बर्षको पहिलो किस्ता अन्तर गत ६ लाख ८६ हजार ५ सय रुपैया निकासा भएकोमा ६ लाख ४१ हजार ३ सय वितरण गरिएको र बाकि ४५ हजार ४ सय फिर्ता नगरिएको बताए । आफु गाबिसमा नयाँ आएकाले पुरानो हिसाव किताब माग गरेको भन्दै जनताको गुनासो न्यून गर्न आवश्यक सबै प्रक्रिया पुरा गर्ने बताए । सोहि गाबिस ६ कि बिस्ना बिकले ३३ घर रहेको दलित बस्तीमा बारम्बार मर्मतको नाममा रकम निकासा हुने गरे पनि आफुहरुले पानी नपाएको गुनासो गरिन् । “स्वस्थ रहन हरियो साग सब्जि गनु भनिन्छ तर हामीहरु पानी पाउदैनौ कसरी हरियो साग सब्जी खाउँ”बिकले दुखेसो गरिन् । आफ्नो तोलको पानी तीन पटक सम्म गरिएको र मर्मत गरेबापत काम गर्द आफुहरुले पाउनुपर्ने ज्याला अझै नपाएको उनिहरुको गुनासो थियो ।
सार्वजनकि सुनुवाईबाट पारित प्रतिवद्धता पत्र कार्यान्यन भए नभएको अनुगमनका लागि स्थानिय केशव बिसीको संयोजकत्वमा ५ सदस्यीय समिती जयन गरिएको थियो । जसअन्तरगत सदस्यमा दिपेश भट्टराई, बाटुला अर्याल, कर्ण खत्री, उज्जसिह खड्का रहेका थिए । कार्यक्रममा बोल्दै साल्ग परियोजनाका फिल्ड सुसासन अधिकृत युवराज शाहीले स्थानिय स्तरमा गरिने कामको पारदर्शीताका लागि सार्वजनीक सुनुवाई गर्ने गरिएको भन्दै सार्वजनीक सुनुवाईको माध्यमबाट दोहोसो सम्बाद गरि समस्याको समाधान पहिल्याउने बताए । गाउविकास समिती खड्काबाडाको आयोजना, स्थानिय सरकारको जवाफदेहिता अभिवृछि परियोजनाको सहयोग र बास दैलेखको सहजिकरणमा सार्वजनीक सुनुवाई सम्पन्न भएको थियो ।

About Author

Comments

  1. mailobhai
    mailobhai 15 February, 2015, 10:03

    साथी लाई उत्तर-उत्तर प्रगतिको सुभकामना,दैलेख खबर अनलाईनले स्वोतन्त्र ,निस्पक्ष र भ्रस्टचारी लाई खबरदारी गरिरहोस /

    Reply this comment

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*