भवन हस्तान्तरण कार्यक्रम सम्पन्न

दैलेखखवर समाचारदाता
दैलेख । दैलेख जिल्लाको द्धारी ८ भाडेमा एक कार्यक्रमका विच ३ कोठे व्यवसायिक भवन हस्तान्तरण भएको छ ।
लघुउद्यम विकास कार्यक्रम(मेडेप)को आर्थिक सहयोग तथा जिल्ला लघुउद्यमी संघ( डिमेघा)को सहजिकरणमा संचालित लघुउद्यम परियोजना अन्तरगत द्धारी ८ भाडेमा माइको थान समुहलाई एक कार्यक्रमका विच भवन हस्तान्तरण गरिएको वताईएको छ । मेडेपको रु.३५०००० र जनश्रमदान रु.५३५२२ गरि कुल रु.४०३५२२ मा उक्त भवन निर्माण भएको डि मेगा दैलेख की सहनकर्ता सुनमाया सुनारले जानकारी दिईन । दैलेख जिल्लाको धेरै विकट गाविसहरुमा प्रसस्त रुपमा अल्लो पाईने र गरिव तथा अति विपन्न परिवारलाई अल्लो व्यवसाय संचालन गरि आत्म निर्भर वन्नमा सहयोग पु¥याउने उद्येश्यले उक्त भवन निर्माण गरिएको सुनारले वताईन । कार्यक्रममा वोल्दै उद्यम विकास प्रवर्धक विनोद थापाले भवन निर्माण पश्चात व्यवसायीले भवनको अधिकतम प्रयोग गरि व्यवसायिक वन्न आग्रह गरेका थिए। भने वुद्धिजिवि तथा शिक्षक शशिराम विश्वकर्माले देशमा रहेको विकराल गरिविको समस्या लाई यस्ता खालका कार्यक्रमले व्यवसायि वन्न चाहनेहरुका लागी निकै राहत पुग्ने वताए। कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधि,वुद्धिजिवि,पत्रकार शिक्षक ,राजनैतिक दलका प्रतिनिधि लगाएत स्थानियको उल्लेख्य सहभागीता रहेको वताईएको छ ।कार्यक्रको अध्यक्षता माइको थान समुहका अध्यक्ष लछिराम विकले गरेका थिए भने कार्यक्रमको संचालन उपेन्द्र विकले गरेका थिए ।

Categories: अर्थ, समाज

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*