कृषीले ल्यायो हुलाकटाकुरामा परिवर्तन

Photo tarnelaदैलेखखवर समाचारदाता
दैलेख । परम्परागत खेतिप्रणली गर्दै आएका पगनाथ गाविसको हुलाकटाकुराका कृषकहरुको जिवनस्तरमा आधुनिक खेतिप्रर्णालीले परिर्वतन ल्याएको छ ।
मध्य पहाडी भू भागमा अवस्थित चुप्रा मेहेलतोली सडक खण्ड अन्तर्गतको हुलाक टाकुराका कृषकहरु परम्परागत खेती प्रणाली अवलम्बन गर्दै आएका भएपनि स्थानीय गैह्र सरकारी संस्था सामाजिक सेवा केन्द्र (सोसेक) नेपालको सहजीकरण ग्रामीण पहूंच कार्यक्रम तेश्रो चरणको आर्थिक सहयोग र हेल्भेटास स्वीस इन्टरकोअपरेशन नेपालको कार्यान्वय सहयोग पछि आधुनिकता तिर आकृषीत भएका हुन् ।
मध्य पहाडी भूभाग न्यून उर्वरा भूमि र सिमित श्रोत र साधनको उचित प्रयोगको अभावमा उत्पादन आशातित नभई रहेको अवस्थामा डिसेम्बर, २०१३ देखि दैलेख जिल्लाका ३ वडा सडक खण्डमा सामाजिक आर्थिक विकास कार्यक्रम लागुभएपछि पगनाथ ९ हुलाकटाकुरामा ताजा तरकारीको उत्पादनबाट त्यस क्षेत्रका कृषकहरुको सामाजिक र आर्थिक अवस्थामा सुधार ल्याउन सकिने सम्भाव्यता देखि कार्यक्रम अन्तर्गत महादेव कृषक समूहसंग छलफल र बैठक पश्चात समूहका २३ जना सदस्यहरुको सक्रियतामा कार्यक्रम अन्तर्गतको कृषक व्यवसाय पाठशाला संचालन गरिएको सामाजिक सेवाकेन्द्र(सोसेक) नेपालले जनाएको छ ।
परम्परागत कृषी खेतीबाट जीवनयापन गरिरहेका महादेव कृषक समूहका सदस्यहरुले हाल २० वटा टनेल (गुम्बज) निर्माण गरी बेमौषमी कांक्रा, तितेकरेला र फर्सिको व्यवसायिक खेती गरेका छन् । गत वर्षायाममा १ वटा प्लाष्टिक घरमा कांक्रा, तितेकरेला र टमाटरको खेतीबाट २३,८५०।. आम्दानी गरेको यूवा कृषक सञ्जिता के.सी. बताईन् । कृषक व्यवसाय पाठशालाको प्रभावका कारण हाल त्यस स्थानमा १३ सदस्यीय हुलाकटाकुरा कृषिजन्य बजार व्यवस्थापन समिति गठन गरी त्यस क्षेत्रमा उत्पादित कृषि उपजहरुको संकलन गरी बजरीकरणमा सहयोग गरिएको सोसेक नेपालका कार्यकारी निर्देशक डम्बर कार्कीले जानकारी दिए । बजार व्यवस्थापन समितिको मातहतमा रहने गरी बजार व्यवस्थापन समितिले स्थानीय व्यापारी तथा कृषक समूहका सदस्य केशवराज खत्रीलाई संकलकको जिम्मा दिएबाट गत वर्षायाम देखि हालसम्म लगभग ५ टन ताजा तरकारी दैलेख बजार देखि सुर्खेत सम्म निकासी गरेको संकलन केशवराज खत्री बताए ।
सामाजिक आर्थिक विकास कार्यक्रमबाट बजारीकरणका लागि ढक तराजु, क्यारेट, सूचना बोर्ड र साइनबोर्ड सहयोगबाट कृषकहरुलाई बजारको अभाव नभएको कृषक समूहका अध्यक्ष तथा अगुवा कृषक रत्नबहादुर थापाले बताए । संकलक तथा यूवा कृषक केशवराज खत्रीले कृषक समूहहरुसंग उत्पादित वस्तु खरिदका लागि लिखित सम्झौता र बिक्रिका लागि दैलेख बजारका ताजा तरकारी व्यापारीहरुसंग लिखित सम्झौता गरेको र सोको लागि कृषक व्यवसाय पाठशाला र सामाजिक आर्थिक विकास कार्यक्रमले सहयोग गरेको बताए ।
त्यस कृषक समूहमा प्रत्येक कृषकहरुको उत्पादन योजना र त्यसको बजारीकरणका लागि संकलकसंग खरिद तथा बिक्रि योजना निर्माण भई हाल कृषकहरु कृषि उपज उत्पादनमा सक्रियताका साथ लागि परेको स्थानीय यूवा कृषक मिनबहादुर खत्री जानकारी दिए ।

 

About Author

Comments

  1. Yam Basnet
    Yam Basnet 23 June, 2015, 05:36

    Thanks a lot for highly appreciative job for the development of agriculture sector of our district and my village also. I kindly request to this program for the continue effort.

    Reply this comment

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*