रुपान्तर शिक्षा तालिम सम्पन्न

दैलेखखवर समाचारदात
दैलेख । लुथरन विश्व फेडेरेसन नेपालको सहयोमा एभरेष्ट क्लव दैलेख वाट सञ्चालित सामुदायिक पहल ज्ञान तथा शिप विकास कार्यक्रम अन्तरगत ७ दिने रुपान्तरण कक्षा सञ्चालन प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न गरियो ।
चौराठा , विन्दावासीनी र पगनाथ गाविसका सम्पन्ता स्तरिकरण गरी छानिएका विपन्न ६ शय ५० घरधुरी समेटीने गरी १३ वटा रुपान्तरण कक्षा सञ्चालनका लागी तालिमको आयोजना गरिएको एभरेष्ट क्लबले जनाएको छ । माघ १५ देखि २१ सम्म सञ्चालन गरिएको तालिममा पि आर ए औझारको प्रयोग ,समस्यको ऐना कारण ,सवालको पहिचान,सवाल स्तरिकरण,पैरवि कार्य योजनाको वारेमा स्थलगत रुपमा नानपा ६ को पञ्चदेवल नागरिक सचेतना केन्द्रमा अभ्यास गरिएको थियो ।
तालिमको उदघाटन तथा समापन जिल्ला विकास समिति दैलेखका योजना तथा प्रसासकिय अधिकृत यामनारायण गौलीले गरेका थिए । समापनका क्रममा गौलीले कार्यक्रमको पृष्ठपोषण ,समन्वय र अनुगमनमा जिविसले सहयोग गर्ने र आगामी दिनमा रुपान्तरणको कार्यमा अधिकार संगसंगै कर्तव्यको पाटोलाई पनि समेटेर लैजानु पर्ने धारणा राखेका थिए । तालिमको सहजिकरण महिला अधिकारकर्मी राधा मल्लले गरेकि थिईन । भने तालिम समापन सत्रको अध्यक्षता एभरेष्ट क्लवका सचिव वालकृष्ण केसीले गरेका थिए तालिममा १३ जना सहजर्कताहरुको सहभागित रहेको कार्यक्रम संयोजक महेन्द्र विक्रम खड्काले बताए ।

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*