दैलेखलाई यो बर्ष सिचाइ र सडकमा ८ करोड

दैलेख खवर समाचारदाता
दैलेख । सिचाई र सडक डिभिजन कार्यालय सुर्खेतबाट यो बर्ष दैलेखमा मात्रै करिव ८ करोडका सिचाई र सडकका योजनाहरु सम्पन्न हुँदैछन् भने आगामी आब ०७२।०७३ का लागि १५ करोड ८० हजारका योजनाहरु प्रस्तावित गरिएकाछन् । बुधवार जिल्ला विकास समितिको हलमा भएको जिल्ला स्तरीय योजना तर्जुमा समितिको वैठकमा ती डिभिजन कार्यालयले करिव आठ करोड बरावरका सिचाई र सडक निर्माण तथा स्तारोन्नती योजनाहरु जानकारी गराएका हुन् ।
हरेक बर्ष सडक र सिचाई डिभिजन कार्यालयबाट दैलेखमा भित्रिने योजनाहरु यो बर्ष सिचाइमा १ करोड ७० लाख र सडकमा ६ करोड २६ लाख ३८ हजार खर्चिने भइएको छ भने आगामी वर्ष यसै गरि सिचाईमा ६ करोड २३ लाख ५० हजार र सडकमा ८ करोड ३१ लाख ७६ हजारका योजनाहरु प्रस्तावित भएका सिचाई डिभिजनका इन्जिनियर डोरप्रशाद उपाध्याय र सडकका इन्जिनियर रविन्द्र श्रेष्ठले जानकारी दिएका हुन् । निमित्त स्थानीय विकास अधिकारी तथा जिल्ला विकास समिति योजना अनुगमन र प्रशासकिय अधिकृत यमनाराण गौलीको अध्यक्षतामा भएको वैठकका सहभागिहरुले सिचाई र सडक डिभिजन कार्यालयबाट आएका योजनाहरु प्रभावकारी र गुणस्तरिय नभएको गुनासो गरेका थिए । बैठकमा उपस्थित राजनीतिक दल, नागरिक समाज, पत्रकार र संघ संस्थाका प्रमुख प्रतिनीधिहरुले निवेदनका आधारमा कार्यालयवाट सिफारिस हुने योजनाहरु फितलो हुने भएकाले जिल्ला विकास समितिको सिफारिसमा मात्र योजना छनौट गर्न ती कार्यालयहरुलाई सुझाव दिएका थिए । दैलेखमा सडक र सिचाई विभिजन कार्यालयबाट यत्रो ठुलो रकमका योजनाहरु निर्माण भइरहेको आम नागरिक लाई थाहा नभएको यी योजनाहरु कागजमै सम्पन्न भएको सहभागीहरुको दावी थियो । जनताका योजनाहरुमा खेलबाड र हेलचक्र्याइ गरिनु हुँदैन, यो काम खुसु खुसु गरेर उपभोक्ता र ठेक्काको नाउमा सिमित व्यक्तिहरुले सुर्खेत बसी बसी काल्पनिक कागजात बनाएर योजनाका रकमहरु कुम्ल्याएको सहभागीको आक्रोश र आरोप थियो । दैलेखमा जति पनि सडक र सिचाइका योजनाहरु डिभिजनवाट आएका छन् ति कुनै पनि सम्पन्न र सफल भएका छैनन् । सिचाई डिभिजनले खर्च गरेको योजनाले दैलेखको एक रोपनी जग्गा पनि सिंचित नभएको वैठकका सहभागीहरुको तर्क थियो । अब आउने योजनाहरु कसरी ? कुन समयमा? कसले र कुन ठाउँमा ल्याउँछन् आम दैलेखीले सचेत हुनु पर्ने देखिन्छ । दैलेखीका गुनासै गुनासा सुनेका ती कार्यालयका इन्जिनियर तथा प्रतिनिधिले अन्तमा सडक र सिचाई डिभिजनका कार्यालयहरु दैलेखमा ल्याउन पहल गर्ने प्रतिबद्धता जाहेर गरेर गएका छन् ।

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*