नागरिक सँगको सहकार्यलाई प्राथमिकता दिन्छौ .ं डिआईजी अधिकारी

दैलेखखवर समाचारदाता
दैलेख । नेपाल प्रहरीका मध्येपश्चिम प्रमुख डिआईजी केशव अधिकारीले नागरिक सँगको सहकार्यलाई प्राथमिकता दिई त्यसलाई निरन्तरता दिने बताएका छन् ।
मातहतका जिल्लाहरुको निरिक्षणका क्रममा आएका डिआईजी अधिकारीले नागरिकको सुरक्षाका लागि नागरिक र प्रहरी सँग सगै हिडनुपर्ने बताएका हन् । अर्थ मन्त्रालयले माग अनुसारको प्रहरी भर्नामा अनुमती नदिएका कारण प्रयाप्त मात्रामा सुरक्षाको प्रत्याभुति दिलाउन नसकिएको बताए । उनले जिल्लाबाट उठेका मागहरुको अधिकतम सम्बोधन गरिने आश्वासन दिदै प्रहरी प्रधान कार्यालय सम्ममा पहल गर्ने प्रतिवद्धता जनाए ।
अनुगमनका क्रममा आएका अधिकारी सँगको अन्तरक्रियामा बोल्दै नेकपा एकालेका जिल्ला अध्यक्ष रबिन्द्रराज शर्माले जिल्लामा दरबन्दी अनुसारको प्रहरी नभएकाले शान्ति सुरक्षाको पूर्ण प्रत्याभुती जनताले पाउने नसकेको बताए । अध्यक्ष शर्माले मालिका, जम्बुकाँधमा नयाँ प्रहरी चौकि स्थापना गर्नुपर्ने र पुराना चौकिको स्तरउन्नती गर्नुपर्ने बताए । कार्यक्रममा नेपाली काग्रेसका जिल्ला सभापती कृष्णकुमार विसीले जिल्लामा महिला प्रहरीको दरबन्दि बढाउन माग गर्दै जिल्ला प्रहरीबाट जनतालाई शान्ति सुरक्षाको प्रत्याभुति दिइएको बताए । एकिकृत नेकपा माओवादीका जिल्ला सचिब छवि सुवेदीले सिमित स्रोत साधनका बाबजुत पनि प्रहरीले जनपक्षीय काम गरिरहेको बताए । राप्रपा नेपालका जिल्ला अध्यक्ष भक्तबहादुर शाहीले जुवा, रक्सि, लागुपदार्थ जस्ता विकृती र दुब्र्यसनी जिल्लामा बढदै गएकाले त्यसको न्यूनिकरणमा प्रहरी अझै सक्रिय हुनुपर्ने बताए ।
कार्यक्रमका अन्य सहभागीहरुले उजुरीका लागि सदरमुकाम सम्म आउने विपन्न परिवारका महिलाहरुको लागि महिला सेलको आवश्यकता भएको र जिल्लामा ट्रापिक प्रहरीले उत्कृष्ट काम गरिरहेको भन्दै दरबन्दि थप्न आग्रह गरेका थिए । साथै सहमागीले ट्रापिक प्रहरीको आफ्नै भवनका लागि पहल गरिदिन समेत आग्रह गरेका थिए ।

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*