माओवादीहरुको २०औ जनयूद्ध दिवश टुडिखेलमा

दैलेखखवर समाचारदाता
दैलेख । एक माओवादी वाट भिन्दा भिन्दै पार्टी बनाएका माओवादीहरुले दैलेखको टुडिखेलमा एक समारोहका बिच २०औँ जनयूद्ध दिवश सयूँक्त रुपमा मनाएका छन् ।
तत्कालिन माओवादी भुमिगत गतिविधि सञ्चालन गर्दा देखि अहिले सम्म पटक पटक गरी पाँच चिरामा विभाजीत माओवादीका तीत सँगठनहरुले एकताको सन्देस दिदै सँयुक्त रुपमा स्थापना दिवस मनाएका हुनर । माओवादी विभाजन भए पनि एक ठाउमा उभिना र साझा मञ्च प्रयोग गर्न सक्छन भन्ने सन्देश दिन सँयुक्त रुपमा दिवस आयोजना गरिएको आयोजकले जानकारी दिएका छन् ।
अहिलेको संविधान सभाले जनताको जनमूखि संविधान नल्याउने देखे पछि सडकबाटै जनताको संविधान घोषणा गर्न आन्दोलनको वाटो रोजेको समारोहकी प्रमुख अतिथि तथा एकिकृत माओवादीकी केन्द्रिय सदस्य पुष्पा घर्तिले बताइन् । संविधान सभाबाट संविधान आउन नसक्ने देखेर नै दोस्रो संविधान सभालाई बहिस्कार गरिएको नेकपा‐माओवादीका केन्द्रिय सल्लाहकार कृष्ण गूरुंगले बताए । गूरुंगले भने अव सर्वदलिय र सर्वपक्षिय गोलमेच सभा मात्रै संविधान बनाउने उत्तम विकल्प सावित भएको र त्यसका लागि नेकपा‐माओवादीले अहिले जनतालाई जागरुक गराउन मेचीमहाकाली राष्ट्रिय जागरण अभियानमा जुटेको छ । नेकपा माओवादी दैलेखका सहसचिव गंगबहादुर घर्ति मगरले भने, एकिकृत क्रान्तिको कार्य दिसा विना जनताको सासन असम्भव भएकाले सबै माओवादी मिल्नुको विकल्प अरु नरहेको बताए । नेपालका कम्यूनिष्टहरु विभिन्न रुपमा देखिए पनि साम्यवाद सम्मको लक्ष्य पुरा गर्न कम्यूनिष्टहरुको एकै शक्ति केन्द्र हुने र त्यसको नेतृत्व माआबादीहरुले नै गर्ने नेकपा‐मओबादीका जिल्ला इन्चार्ज दिपक शाहीले बताए । २०आँै जनयूद्ध दिवश समारोको अध्यक्षता एकिकृतका जिल्ला अध्यक्ष गणेश सलामीले गरेका थिए ।

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*