प्रगतिको समिक्षा गर्दै गैससहरुको समन्वय बैठक सम्पन्न

दैलेखखवर समाचारदाता
दैलेख । जिल्लामा क्रियाशिल गैर सरकारी सस्ंथाहरुको समन्वय बैठक जिल्ला विकास समितिमा सम्पन्न भएको छ ।
हरेक महिनाको ०१ गते संचालन हुने जिल्लामा कार्यरत गैर सरकारी सस्ंथाहरुको समन्वय बैठकमा विगतका निर्णयहरुको प्रगति समिक्षा गर्दै आगामी दिनमागरिने कामहरुका बारेमा छलफल भएको थियो । बैठकमा जिल्ला विकास समितिका सामाजिक विकास शाखा प्रमूख खमबहादुर थापाले जिल्लामा गैर सरकारी सस्ंथाहरुको समन्वय तथा संचालनका लागि तयार पारिएको कार्यविधि, २०७१ को मस्यौदालाई प्रस्तुत गरेका थिए । बैठकमा सहभागिहरुको राय सुझाब पछि बैठकले मस्यौदालाई थप संशोधन सहित अन्तिम रुप दिन स्थानीय सरकारको जबाफदेहिता अभिबृद्धि परियोजनाका जिल्ला संयोजक दुर्लभ बोगटी संयोजक, विश्व खाद्य कार्यक्रमका जिल्ला संयोजक नरेन्द्र के.सी. र गैसस महांसघ जिल्ला शाखा दैलेखका कार्यक्रम संयोजक पदम सुनार सदस्य रहेको ३ सदस्यीय कार्यदल गठन गरिएको थियो । कार्यदलले ३ दिन भित्र कार्यविधिको अन्तिम मस्यौदा जिल्ला विकास समिति दैलेखमा पेश गर्ने जनाइएको छ ।
बैठकले आजै जिल्लामा क्रियाशिल जिल्ला, क्षेत्र, केन्द्रमा दर्ता भई दैलेख जिल्लामा काम गरिरहेका गैर सरकारी सस्ंथा लगायत विकास साझेँदार सस्ंथाहरुको समेत प्रोफाईल तयार पारी आगामी बैठकका पेश गर्नका लागि गैर सरकारी सस्ंथाको छाता संगठन गैर सरकारी सस्ंथा महासंघ जिल्ला शाखा दैलेखलाई जिम्मेवारी तोकेको छ । गैसस महासंघको अगुवाईमा हुने उक्त गतिविधिले जिल्लामा गैससहरुको सम्पुर्ण विवरण भएको एक संगालो तयार हुने अपेक्षा गरिएको छ । बैठकमा निमित्त स्थानीय विकास अधिकारी याम नारायण गौलीले जिल्लामा गैससहरुको समन्वय बैठक मासिक रुपमा बसी अनुभव आदान प्रदान हुनु र नितिगत सवालहरुमा छलफल भई समग्र जिल्लाको हितमा गरिएका गतिविधिले जिल्ला विकास समितिको मासिक, त्रैमासिक र वार्षिक प्रगति तथा अभ्यासमा समेत सकारात्मक सन्देश दिएकाले मसन्वय बैठक मसिकरुमा बसी छलफल निरन्तर रुपमा गरिनु पर्ने बताए । बैठकमा जिल्लाका क्रियाशिल स्थानीय गैर सरकारी सस्ंथा, क्षेत्रीय गैर सरकारी सस्ंथा, राष्ट्रिय गैर सरकारी सस्ंथा र विकास साँझोदारहरुका प्रमूख एवं प्रतिनिधिहरुको समेत उपस्थितीमा रहेको थियो ।

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*