जमिनको पहिचान गरि समानुपातीक विरतरण गर

दैलेखखवर समाचारदाता
दैलेख । भुमिहनहरुलाई जमिनको पहिचान गरि समानुपातीक रुपमा वितरण गरे खाद्यसंकट समाधान हुनेमा सरोकारवालाहरुले जोड दिएका छन् ।
ग्रामिण पुर्ननिर्माण संस्था(आरआरएन)ले गरेको अन्तरक्रियाका सहभागीहरुले देशैभरी पहुचको आधारमा सेवा लिने गरेको भन्दै भुमिहिनहरुलाई समानुपातीक प्रणालीका आधारमा जमिन वितरण गरे खाद्याअधिकार सुनिश्चित गर्न सकिने बताएका छन् । उनिहरुले राज्यले जारी गरेका कानुनहरुको कडाईका साथ कार्यान्वयन गरी लगानिअनुसारको प्रतिफल प्राप्तिमा लागे समस्या समाधान गर्न सकिने बताएका हुन् । सहभागीहरुले पहुच कम भएका कृषकहरुलाई सरकारी र निजी वित्तीय संस्थाहरुले क्रृण दिन कन्जुस्याई गरिरहेको भन्दै त्यसको अन्त्य हुनुपर्नेे सुझाब दिएका थिए । दैलेखमा भुमिहिन अति न्यून भए पनि धेरै किसान सँग उपभोग गर्ने जग्गा अत्यन्त कम रहको बताइएको थियो । किसानहरुको आवश्यकता पहिचान गरी सोहि अनुसारको कार्यक्रम लागु गर्न सुझाब दिइएको थियो ।
खरिगैरा, बडाखोला र रावतकोटमा गरिएको छलफल पछि सदरमुकाममा आयोजीत कार्यक्रममा स्थानिय स्तरमामा सहभागीहरुले खाद्य सुरक्षा सम्बन्धि पठन पाठनको लागि शिक्षाको पाठेक्रम हुनुपर्ने, गाबिस स्तरमा कृषी तथा पशु प्राबिधिकको ब्यवस्था हुनुपर्ने, बाझो जग्गा प्रयोग सम्बन्धि निती निर्माण गर्नुपर्ने बताएका थिए । उनिहरुले जग्गाको समानुपातीक बितरण, कृषीमा अनुदान बृद्धी, निर्णय प्रक्रियामा किसानहरुको सहभागीता हुनुपर्ने माग गरेको आयोजकले जानकारी दिए ।
कार्यक्रममा निमिक्त स्थानिय विकास अधिकारी यामनारायण गौली, नेकपा एमालेका सचिब जंगबहादुर शाही, एकिकृत नेकपा माओवादीका जिल्ला सचिब छवि सुवेदी, राप्रपा नेपालका जिल्ला अध्यक्ष भक्तबहादुर शाही, अखण्ड पार्टी नेपालका केन्द्रिय सदस्य विरबहादुर भण्डारी लगाएतले आफ्ना भनाई राखेका थिए । कार्यक्रममा खाद्याअधिकार विज्ञ गंगाराम दाहलले कार्यपत्र प्रस्तुत गरेका थिए ।

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*