एचआईभी संक्रिमित परिवारलाई आयआर्जनका कार्यक्रम दिईने

दैलेखखवर समाचारदाता
दैलेख । जिल्लाको पश्चिममा पर्ने छ वटा गाबिसका एचआईभी संक्रमित परिवारहरुलाई आयआर्जनका कार्यक्रमहरु दिइने जिल्ला एजआईभी एडस् समन्वय समितीले जनाएको छ ।
समितीको बैठकले वातावरण सुधार समाज सुर्खेतको आर्थीक सहयोगमा जिल्लाका राकमकर्णली, सिगौडी, तिलेपाटा, सिगासैन लगाएतका छ वटा गाबिसमा एचआईभी संक्रमित परिवारका महिलाहरुलाई उनिहरुको आवश्यकतापहिचान गरि कार्यक्रम प्रदान गरिने जनाएको छ । छाउपडि उन्मुलन परियोजना अन्र्तगत लक्षित समुहका महिला तथा किसोरीहरुलाई दिगो आयआर्जन हुने कार्यक्रमहरु सञ्चालन गर्न लागिएको बातावरण सुधार समाजका परियोजना अधिकृत धनश्याम निमिल्सेनाले जानकारी दिए । उनले बैठकले एचआइभी संक्रिमित महिला तथा किसोरीहरुलार्य सहयोग गर्ने सन्दर्भमा गाबिस, जिल्ला स्वास्थ्य, जिल्ला शिक्षा, कृषी, जिल्ला प्रसासन, जिल्ला विकास समिती, एनसार्क दैलेख तथा अन्य गैर सरकारी संघसस्थाहरु सँग समन्वय गरिने बताए ।

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*