पञ्चकोशी कुसापानी धार्मिक महोत्सवको तेश्रो दिन करिब चार लाख रुपैया संकलन

दैलेखखवर समाचारदाता
दैलेख । आदर्श उच्च माध्यमिक विद्यालय कुसापानीमा पञ्चकोशी कुसापानी धार्मिक महोत्सव आज तेश्रो दिन चलिरहेको छ ।
विज्ञान विषय अध्ययन तथा प्राविधिक शिक्षा पठन पाठनको लागि कुसापानीमा धार्मिक महोत्सवको आयोजना गरिएको हो । महोत्सव मा १०८ राष्ट्र शान्ति महायज्ञका संकल्पकर्ता गोविन्द शरण महाराज र मधुर वाणीकी धनी मीरा देवीले कथा वाचन गर्नुभएको छ ।फागुन ४ गते देखी आयोजना गरिएको पञ्चकोशी कुसापानी धार्मिक महोत्सव आउने ११ गते सम्म सञ्चालन हुने र महोत्सव बाट ८० लाख देखी १ करोड सम्म रकम संकलन हुने र संकलन भएको रकमले वैज्ञानिक तथा प्राविधिक शिक्षा सञ्चालन हुने आयोजकको भनाई रहेको छ ।
कुसापानी धार्मिक महोत्सव को दोश्रो दिने नै दुई लाख तीस हजार पाँच सय पन्चानब्बे जम्मा भइसकेको आयोजके जानकारी दिएका छन् । दान दाताहरुले आफ्नो क्षमता अनुसारको विद्यालयलाई गरिने दान बोल्ने क्रम आज पनि चलिरहेको छ ।
आज दान गर्ने दाताहरु खम्बागाडे बजारका सबै भन्दा पुराना बासिन्दा रामलाल आचार्यले ५२ हजार १ सय ५, आदर्श उच्च माध्यमिक विद्यालयका शिक्षकहरु राजन कुमार न्यौपानेले २१ हजार १ सय २५ र टिकाराम लामिछानेले २१ हजार १ सय २५, अस्मिता कंडेलले ११ हजार १ सय ११, काँशिकाँध ८ तोरीमूल निवासी खडानन्द गौतमले ११ हजार १ सय ११, सोहि ठाउँका जय प्रसाद भुसालले १४ हजार २ सय ५५, कुसापानी ४ का दल ब. थापा, कर्ण ब. थापा र भक्त ब. थापाले १५ हजार ९ सय ९९, र कुसापानी ६ का वालाराम पौडेल ले ११ हजार १ सय ११ गरी जम्मा १ लाख ५७ हजार ९ सय ८ रुपैँया आज संकलन भएको र आज सम्म जम्मा नगद ३ लाख ८८ हजार ५ सय ३ रुपया जम्मा भएको पञ्चकोशी कुसापानी धार्मिक महोत्सव मूल समारोह समितिले जनाएको छ ।

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*