पहिलेका ज्यालादारी अहिले व्यापारी

दैलेखखवर समाचारदाता
डाडाँटोल,दैलेख । पिपलकोट –२ का ४४ वर्षिय लिला वि.क.पाँच वर्ष अगाडी भारतमा गई ज्यालामजदुरी गरि जहान परिवार पाल्दै आउनुभएको थियो । तर आजभोली तीनै वि.क.भने गाउँकै तरकारी व्यापारीका नामले परिचित छन् ।
केही वर्ष अगाडी गरिवी निवारण कार्यक्रमले आयआर्जनका लागि ऋण लिएका वि.क.ले व्यावसायिक तरकारी खेती गरेकाले भारत जानुपरेको छैन् । तरकारी बेचेर घर खर्च चलाउन छोराछोरी पढाउन सजिलो भएको बताउछन । तरकारीबाट राम्रो आम्दानी हुन थालेपछि गाउँका अरु कृषक पनि तरकारी खेतीतिर आकर्षण भएको विकले बताए । उनले भने,पहिले धेरै मानिसलाई तरकारी लगाउ भन्दा मान्दैन थिए । केही वर्षदेखी मेरो आम्दानी भएको देखेर र अन्य संस्थाले पनि व्यवसायिक तरकारी खेतीलाई जोड दिनथालेपछि अधिकाँश कृषक तरकारी खेतीतिर लागेका छन् ।
विकले तरकारीबाट बार्षिक ८० हजार कमाउने गरेको जानकारी दिदै सधै मुग्लान गइन्थ्यो,जति मजदुरी गरेपनि पैसा नहुने गरेको दुखेसो पोखे । ,मानसम्मान कहाँ हो काँ । विदेशबाट फर्केर तरकारी व्यवसाय गर्ने योजना बनाएपनि आफुसँग सम्पति नहुँदा चार पाँच वर्ष खेर गएको जानकारी दिनुभयो । गाउँमा गरिवी निवारण कार्यक्रम सञ्चालन भएपछि तरकारी खेती गर्न आफुले २० हजार ऋण समुहबाट लिएको जानकारी जानकारी दिए । उक्त गाविसमा सामाजिक सेवाकेन्द्र सोसेकको सहजीकरणमा कार्यक्रम सञ्चालन गरिएको छ ।
तरकारी खेती गरेदेखी विकले आम्दानीका साथै मानसम्मान दुवै पाएको गाविस खरिदार हर्कबहादुर बस्नेतले बताए । सार्वजनिक स्थलहरुमा आजभोली उनकै बारेमा छलफल हुने गरेका जानकारी दिदै आफु गाउँकै अगुवा कृषका नामले चिनिने गरेको बताए । विकले तरकारी खेती गरेर मात्र चिनिएका छैनन् । गाउँकै सामाजिक कामका लागि पनि अग्रसर छन्,नेकपा एमाले गाउँकमिटी अध्यक्षले कर्ण लामिछानेले बताए । गाउँमा कतै झैझगडा,अन्य कहि घटना भए उहाँलाई नै गाउँलले बोलाउन छन् उनले भने ।

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*