मध्ययस्थता गर्ने बेला भएको छैन ः राष्ट्र संघ आवासीय संयोजक

दैलेखखवर समाचारदाता
धरान । धरान संयुक्त राष्ट्रसंघका नेपाल स्थित आवसीय संयोजक जेमी म्याकगोल्डरिकले नेपालको शान्ति प्रक्रियामा अहिले नै राष्ट्रसंघले मध्यस्थता गर्ने अवस्था नरहेको बताएका छन् ।
सुनसरी जिल्लाका राजनीतिक दल र सामाजिक संस्थाहरु अनौपचारिक फोरम बहुसरोकारवाला सम्वाद समूहको इनरुवामा सोमबार भएको बैठकलाई सम्बोधन गर्दै आवासीय संयोजक म्याकगोल्डरिकले नेपालको शान्ति प्रक्रिया र संविधान लेखनमा केहि अप्ठेराहरु भएपनि दलहरुको सहकार्यबाट मात्र नया र पुराना द्धन्दहरुको अन्त्य हुने बताए । उनले यो बेलामा राष्ट्र संघले मध्यस्थता भन्दा संयोजनकारी भूमिका भने निर्वाह गरिरहेको पनि उनले बताए । जिल्लामा भएका द्धन्द संवेदनशिलता र विकास निर्माण लगायतका विषयमा दलहरुबीच हुने सम्वाद र सहकार्यले मात्र समाधान खोज्न सहज हुने भनि सुनसरीमा करिब ५ महिना अगाडिदेखि दलहरु एकै थलोमा बसेर छलफल गर्ने गरेका छन् । दलहरुका अतिरिक्त नेपाल पत्रकार महासंघ आदिवासी जनजाती महासंघ,अन्तर पार्टी महिला सञ्जाल र युवाहरु सम्मिलत बहुरोकारवाला सम्वाद समूहले हरेक निर्णय सबैको सहमतिमा मात्र गर्ने अभ्यास गरेको छ ।प्रत्येक पार्टीका अध्यक्षले प्रतिनिधित्व गर्ने समूहमा नेतृत्व गर्नेले हरेक दुई महिनामानेतृत्व अर्को पार्टीका अध्यक्षलाई हस्तान्तरण गर्ने गरेका छन् । जिल्लामा भएका द्धन्द उत्पन्न हुन बिषयलाई समयमा नै पहिल्याएर समाधान गर्ने प्रयास समूहले गर्ने गरेको छ । समूहको सोमबारको नियमित बैठकमा अचानक अइपुगेका राष्ट्रसंघका आवासीय संयोजक म्याकगोल्डरिकले देशमा सम्वादहिनताको अवस्था आउँदा पनि सुनसरीमा दलहरुबीच देखिएको सहकार्यको भावा र एउटै टवलमा समाधानका उपायको खोजि गर्ने तरिकाले आफू प्रभावित भएको बताए ।
म्याकगोल्डरिकको उपस्थितिमा दलहरुले देशमा दलहरुबीच देखिएको समस्या र पछिल्लो समयमा राष्ट्रसंघले पनि द्धन्द न्यूनिकरणका लागि थालेको पहलका बारेमा जिल्लाका दलका नेताहरुले जिज्ञासा राखेका थिए । सोहि क्रममा वैठकको संयोजन गरिरहेका सडकमा आन्दोलन गरिरहेका एमाओवादीका जिल्ला अध्यक्ष निर्मल बरालले म्याकगोल्डरिकलाई संवादहिनताको अवस्थाले संविधान निर्माणको भविष्य अनिश्चित देखिएकाले राष्ट्रसंघले मध्यस्थता गरेर समस्या समाधानको उपाय खोजिदिन आग्रह गरेका थिए । बराललले राष्ट्रसंघले देशमा भएको पुरानो द्धन्दलाई शान्तिमा रुपान्तरतरण गर्न यस अघि पनि भूमिका खेलेको अनुभवका आधारमा यस पटक पनि मध्यस्थता गर्नु पर्ने बताएका थिए । जवाफमा म्याकगोल्डरिकले अहिले नै त्यो अवस्था नआएको बताउँदै संविधान निर्माणसंग सम्बन्धित बिषयमा दलहरुबीच ठुलो भिन्नता नभएकाले समाधानको उपाय निस्कने दावी गरे ।त्यस अघि नेकपा एमालेका कावा अध्यक्ष द्धारिकलाल चौधरीले देशमा दलहरुबीच जेजस्तो अवस्था रहेपनि जिल्लामा सहिष्णुताको भावनाको विकास भएको बताए । केन्द्रीय स्तरमा जेजस्ता घटना र त्यसलाई कार्यान्वयन गर्ने चरणमा दलहरुले जेजस्तो भूमिका निर्वाह गरेपनि जिल्लामा दलहरुबीच कुनै समस्या नभएको बताए । नेपाली कांग्रेसका सचिव प्रमोद पोखरेलले पहिलो संविधानसभा असफल भएपछिको जस्तो जटिल अवस्था अहिले नभएपनि द्धन्दको अवस्थामा देशलाई जान नदिन स्थानीय स्तरमै सहकार्यको भावनाको विकास हुनु पर्ने बताए । नेपाल पत्रकार महासंघका अध्यक्ष केशव घिमिरेले जे जे कुरामा हिजो द्धन्द र असमझदारी बढेको थियो अहिलेपनि त्यो अवस्था यथावत रहेकाले द्धन्दको संभावना नहटेको बताए । अहिलेको शान्ति आधीपूर्वको सन्नाटा जस्तै पनि हुनसक्दछ यसमा दलहरुले गम्भिर हुनु पर्ने बताए । साथै विदेशी शक्तिहरुले नेपालको शान्ति प्रक्रियालाई न्यायोचित रुपमा टुङ्याउने तर्फ लाग्नु पर्ने बताए ।

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*