नगरलाई खुला दिशामुक्त बनाउन बढ्यो सक्रियता

दैलेखखवर समाचारदाता
दैलेख । नारायण नगरपालीकालाई खुलादिशा मुक्त बनाउन चर्पी बनाउने अभियानमा नगरपालीकाको सक्रियता बढाएको छ ।
जिल्लाका ४९ गाबिस र एक नगरपालीका खुला दिशामुक्त भई सक्दा पनि जिल्लाका जेठो नगरपालीका यस अभियानमा चुकेको थियो । नगर भित्र रहेका सबै भरमा चर्पी बनाउने अभियानको अनुगमनका लागि जिल्लामा क्रियासिल राजनीतिक दलहरुको अग्रसरतामा अनुगमन भैरहेको नारायण नगरपालीकाका कार्यकारी अधिकृत गणेशविक्रम शाहले जानकारी दिए । नगरलाई फागुन १२ गते खुला दिशामुक्त बनाउन सबै कामहरु पुरा भैसकेको उनले जानकारी दिए । सुक्रबार खुला दिसा मूक्त क्षेत्र घोषणा कार्यक्रमको अनुमानित खर्च रु ३ (तीन) लाख नगर स्वच्छता तथा सरसफाई समन्वय समितिको वैठकवाट निर्णय भएवमोजिम आवश्यक आर्थिक सहयोगको लागि नगरपालिका क्षेत्र भित्र रहेका सरकारी तथा गैह्रसरकारी संस्थाहरुलाई अनुरोध गर्ने निर्णय गरीएको नारायण नगरापलीकाका शाखाअधिकृत निरक रावलले जानकारी दिएि । सुक्रबार नै भएको स्थानिय गैरसरकारी संघसस्था तथा नागरीक समाज संगको बैठकमा १२ गते हुने खुला दिशामुक्त घोषणा कार्यक्रमलाई सफल पार्न एभरेष्ट क्लब दैलेखले ७० हजार, सामुदायीक विकास कार्यक्रम(सिडिपी) दैलेखले २५ हजार र उद्योगबाणीज्य संघ दैलेखले ११ हजार रुपैया सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए । त्यसै गरी अन्य आर्थीक सहयोग जुटाउन जिल्ला खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समितीलाई अनुरोध गर्ने नगरपालीकाले जानकारीदिएको छ ।
नारायण नगरपालीकाको २ सय ८४ औ बोर्ड बैठकले नगरपालिका कार्यालयवाट चालु आर्थिक वर्ष २०७१÷०७२ मा संचालन हुने आयोजनाहरु सुपरिवेक्षण तथा अनुगमन गर्नका लागि स्थानीय निकाय स्रोत परिचालन तथा व्यवस्थापन कार्यविधि २०६९ को परिच्छेद ५, दफा ३३ को उपदफा २ प्रयोजनार्थ नगरापलीकाका कार्यकारी अधिकृत शाहको संयोजकत्वमा ११ सदस्सीय नगर सुपरिवेक्षण तथा अनुगमन समिति गठन गरेको छ । जसको सदस्यमा गंगाराम वस्नेत, रा.प्र.पा. नेपाल, सिता वि.क. रा.प्र.पा.,हर्क नेपाली नेकपा–माओवादी, सुरत रावत प्रतिनिधि वडा नगरिक मञ्च ना.न.पा. ७,रत्ना थापा प्रतिनिधि वडा नगरिक मञ्च ना.न.पा. २, रत्ना नेपाली, प्रतिनिधि ना.स.के. ना.न.पा. ३, महेश केशर खनाल प्रतिनिधि जिल्ला शिक्षा कार्यालय, हिकमत रोकाय ईन्जिनियर ना.न.पा. कार्यालय, शान्ति प्रसाद शर्मा प्रतिनिधि उद्योग वाणिज्य संघ र सदस्य सचिबमा नगरापल्का कार्यालयका शाखा अधिकृत निरकबहादुर रावल रहेका छन्

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*