लोहोरेमा हाइड्रोपावर निर्माणकार्य शूरु

hydroदैलेख । दैलेखको उत्तरपुर्विय तोली गाविसको नौमुलेको लोहोर हाइड्रोपावरको निर्माण कार्य शूरु गरिएको छ । विवादित हुदै आएको हाइड्रोपावरले ०७१ चैत्र १६ लोहोर हाइड्रोपावर कम्पनीका संस्थापक निर्देशक राजेन्द्र तिवारीले तोलीको भुर्सुमा निर्माण हुने हाइड्रोपावरको उद्घाटन गर्नुभएको थियोे ।
नेपालले लोडसेडिङ्गको मार खेपीरहेका वेला उक्त हाइड्रोपावरबाट झण्डै पाँच मेगावाट विद्युत उत्पादन भई जिल्लालाई दुई वर्षमै लोडसेडिङ्ग मुक्त जिल्ला बनाइने तयारी भइरहेको तिवारी बताउनुभयो । उहाँले भन्नुभयो,‘यदी दुई वर्षभित्र आयोजनामा कतैबाट रोकावट नभए दैलेख जिल्ला लोडसेडिङ मुक्त जिल्ला हुने विश्वास दिलाउनु भएको हो । यसअघि झण्डै ७५ करोडको लगानी हाइड्रोपावर बाट ४.२ मेघावाट बिजुली उत्पादन क्षमताको विद्युत निस्कने बताएपनि पानी खसाल्ने ठाउँमा राम्रो भेटिएकोले बढेर पाँच मेगावाट हुने कम्पनीले जनाएको छ । काल्ने भने पनि ली जिल्लालाई लोडसेडिङ्ग मुक्त जिल्ला बनाउन लागि सबैलाई सहयोगको आग्रह गर्नुभयो ।
आयोजनाले लोहोरेसंगै कालिका खोलाको पानी जोडेर ड्याम निर्माण गर्ने, तीनसय मिटर पाइपबाट तोली गाविसको भुर्सुमा पानी खसाली पावर हाउस निर्माण गरिने विद्युत उत्पादन गरिने भएको छ । ड्याम, सुरुङ र पावर हाउसको निर्माण काम एकै पटक सुरु गरिएको छ । दुई वर्षमै विजुली बालेर देशको विकासमा सहयोग पुग्ने तिवारीले दाबी गर्नुभयो । तोली गाविसको भुर्सुमा निर्माण कार्य सुरु गरिएको छ ।
जिल्ला स्थित विभिन्न राजनितिक दलहरुले पनि आयोजना निर्माणपछि सरकारलाई दैलेख लोड्सेडिङ्ग मुक्त बनाउन सवै मिलेर लाग्ने आश्वासन दिएका छन् । विद्युत उत्पादन भए जिल्लालाई २ मेघावाटले पुग्ने र बाँकी २.४ राष्ट्रिय प्रसारण जोडिने जनाईएको छ । छ वर्षदेखि नौमुलेस्थित लोहोरेखोला हाइड्रोपावर आयोजनाको आन्तरिक कार्र्य सुरु गरेको थियो । स्थानीयवासीहरुले विभिन्न माग राखी विवाद गरेपछि रोकिएको र पछि जिल्ला प्रशासन कार्यालयमा लिखित रुपमै माग सम्वोधन गर्ने प्रतिवद्धतापछि निर्माण थालिएको हो ।
‘सम्पूर्ण संरचनाहरु निर्माण नहुन्जेल लोहोरे खोलाको पानीमा कुनै बाधा नपर्ने कम्पनीका साईट ईन्चाज जगेन्द्रप्रसाद गुप्ताले बताउनुभयो । उहाँले भन्नुभयो,‘योजना निर्माण पुरा भए पश्चात सिंचाईका लागि दश प्रतिशत पानी नदीमै छोडिन्छ ।’
प्रारम्भिक वातावरणिय प्रभाव अध्ययन इआईए र पानीको बहाव मापन कार्य सम्पन्नसंगै निर्माण कार्य सुरु भएपछि दुई वर्षभित्रै दैलेखलाई लोडसेडिङ्ग मुक्त गराईने नेपाली काँग्रेसका जिल्ला सभापति कृष्ण विसीले बताउनुभयो । ४.२ मेगावाट क्षमताको लोहोरेखोला हाइड्रोपावर आयोजनाको काम संञ्चालन भए लगत्तै प्रभावित क्षेत्र नौमुले, तोली, वालुवाटार, सल्लेरी र द्धारी गाविसका पाँच सय बढीले रोजगारी पाउने कम्पनीले जनाएको छ । हाइड्रोपावर निर्माणका लागि जग्गा खरिद गर्ने, प्रारम्भीक स्टिमेट, इन्जिनियरिङ सर्वे डिजाइनका कामहरु सम्पन्न भइसकेका छन् ।
लोहोरेखोला हाईड्रोपावर कम्पनीले सदरमुकाम दैलेख बजारदेखी योजना निर्माणस्थल नौमुलेसम्मको १६ किलोमिटर सडक फराकिलो समेत पारिने जनाएको छ । स्रोतः गोरखापत्र अनलाइन ।

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*