दैलेखमा ६५ जना नयाँ लघु उद्यमी बन्ने

दैलेखखवर समाचारदाता । दैलेख । एभरेष्ट क्लबद्धारा सञ्चालित लघु उद्यम विकास कार्यक्रमले जुन २०१५ सम्म ६५ जनालाई उद्यमी बनाउने भएको छ ।
नारायण नगरपालिका वार्ड नं. ५, चौराठा गा.वि.स.को वार्ड नंं ७ र डाडाँपराजुल गा.वि.स.को वार्ड नंं २ मा सन् २०१५, जुन महिना भित्र ६५ जना नयाँ लघु उद्यमी सिर्जना गरिने भएको छ । एभरेष्ट क्लव, दैलेख र लघु उद्यम विकास कार्यक्रम क्षेत्रिय कार्यक्रम सहयोग कार्यालय, सुर्खेतको संयुक्त प्रयासमा लघु उद्यम विकास कार्यक्रमको मोडलमा ती लघु उद्यमीहरु सिर्जना गरिर्न लागिएको एभरेष्ट क्लबले जानकारी दिएको छ । गरिव परिवारको महिला, युवा, दलित जनजाति लाई बढि प्रथामिकता प्रदान गरिने र स्थानीय स्रोत, बजारको माग र जनाताको ईच्छामा आधारित विभिन्न उद्यम व्यवसायहरु स्रोत सर्वेक्षण र बजार मागको अध्ययन गरि स्थानीय स्तरमा रोजगार सिर्जना गर्ने गरि सिर्जना गर्न लागेको एभरेष्ट क्लव, दैलेखका कार्यसमिति सदस्य तथा लघु उद्यम विकास कार्यक्रमका फोकल पर्सन श्री यज्ञराज थापाले जानकारी दिए ।
कार्यक्रमको अभिमुखीकरण ना.न.पा. ५, छातिकोट बाट संचालन भई तिनै वटा स्थानमा स्थानीय सरोकारवाला निकायहरु माझ सञ्चालन गरि लघु उद्यम विकास कार्यक्रमको मोडललाई पुर्ण रुपमा लागु गरिने र नयाँ लघु उद्यमी सिर्जना गरि गाउँमा नै रोजगारको अवसरहरु सिर्जना गर्ने लक्ष्य रहेको कार्यक्रम संयोजक टेकराज आचार्यले बताए । कार्यक्रम सन् २०१५ जनु महिना सम्म सञ्चालन हुने वताईएको छ ।

 

Categories: अर्थ

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*