संगीतमा जीवन बिताउँदै जिसी

lokendra jcभक्तबहादुर शाही ,
दैलेख । वर्षे विदाको अधिकाँश समय शिक्षकले घरायसी काममा बिताईरहेको बेला दैलेख सरस्वती उच्च माध्यामिक विद्यालयका शिक्षक एवं गायक लोकेन्द्र जिसी ‘कुमार’ भने वर्षे विदाको समय संगिततिर लगाउने गरेको बताए ।
साँस्कृति भन्ने वित्तिकै हुरुक हुने जिसीले गीत संगितलाई आफ्नो पेशा बनाउन नसकिने पनि त्यो पेशालाई माया चाही मार्नु भएको छैन् । शिक्षक पेशामा लागेपनि वर्षे विदाको उपयोग गर्दै थुप्रै गीत रेर्कड गराईसकेका छन् । उहाँले पहिलो दोहोरी एल्वम ०६७ सालमा “कस्तो माया लाए,म आफुलाई भन्दा वढी तिम्मलाई माया गर्न आखिर धोखा खाए,र “केही दिन सानु म टाढा हुँदाखेरी कि तिम्मले छुट्टै संसार भेटी सक्यौं र” जस्ता थुप्रै लोकदोहोरी गाउनु भएको छ । अध्यय्नको शिलसिलामा २०५७ मा काठमाण्डौ गएका जिसीले आफुलाई रामकृष्ण ढकालको ‘कहिले हँसायो कहिले रुवायो’ भन्ने गीतले नै संगीततिर लाग्ने महत्वपुर्ण भुमिका खेलेको बताउनुभयो । गायक जिसीले गीत संगीतलाई पेशा बनाउन नसकेपनि जिल्ला स्तरमा उहाँले कलाकार मास्टर भनेर चिन्ने गर्दछन् । सपना शाहीको स्वर रहेको गीत ‘रुनुपरेपछि’ गीतको शब्द संकलन जिसीले गरेका थिए ।
२०६२ सालमा प्रेम विवाहमा बाँधिनु भएका गायक पछिल्लो पुस्ताका युवायुवतीहरु माया प्रेममा धेरै धोखा खाने गरेकाले आफुले त्यस प्रेमको स्वादलाई उर्जागर गर्न माया प्रेमको गीत लेख्ने गरेको बताए । उनले भने “मैले गीत रेर्कड गराउँदा चल्दैनकी भन्ने निकै डर थियो पछि बजारमा आउँदा राम्रै स्थान पाएको छ ।” सानै उमेरदेखी आफुले घरमा मादल र बाँसुरी बजाउँदा आमा बाबु हप्काई खानुपरेको क्षण सम्झदै उहाँले भन्नुभयो । पहिले त्यसरी आमाबाबु हप्काई खाएपनि आजभोली सबैले कलाकार भनेको र गीत सुन्दा घरपरिवारबाट सहयोग पाइरहेको जानकारी दिए । जिसीको आधुनिक गीती संग्रह ‘विच बाटो’ ओ प्रिय कता नाता जोड्यो,सँग जीवन विताउने भनेको घाइते बनाई छोड्यौ र हावाको लहरसँगै तिमी विना मर्ने नै भए म अधुरा ती रहर सँगै भन्ने सांगेतिक कोशेली छिट्टै बजारमा आउन लागेको छ ।

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*