वढी उमेरका र एच.आई.भि. प्रभावित वालवालिका विद्यालय जान थाले

दैलेखखवर समाचादाता, दैलेख । जिल्लाको पश्चिम क्षेत्रमा पर्ने विभिन्न गाउ विकास समितिहरुमा विद्यार्थी भर्ना अभियान पछि वढी उमेर र एच.आई.भि. प्रभावित वाल वालिका विद्यालय जान थालेका छन् ।
जिल्ला शिक्षा कार्यालय दैलेखका अनुसार दैलेखको पश्चिक क्षेत्रमा करिव २५ प्रतिसत वढी उमेर का वाल वालिका विद्यालय मुखसम्म देख्न पाएका थिएनन् तर गत वर्षको विद्यालय भर्ना अभियान थालनी भएपछि त्यस क्षेत्रका छ गाउ विकास समितिमा वसोवास गर्ने वढी उमेरका छ सय पचहतर जना वाल वालिकाहरु धमाधम विद्यालय जान थालेकाछन् ।
वढी उमेरका राकम कर्णाली ९ का १० वर्षिय कोकीला माझी भन्दछन् “ आफुलाई वुवा आमाले भाईको हेरालो र वाख्राको गोठालो भएर वसेको थिए, गाउ भर्ना अभियान आएपछि विद्यालय जान पाएकोमा धेरै खुसी लागेकोछ” । उनि थप्दछन् “हाल हाम्रो कक्षा कोठामा पनि विभिन्न खेलौनाका सामाग्री राखिएकोछ, कोठामा सरले पनि माया गरि पढाउनु हुन्छ, त्यसपछि म जस्ता ५ जना वालवालिका विद्यालय आउन थालेकाछौ, अरु पनि नियमित विद्यालय आउनछन् कक्षा कोठा रमाईलो भएकोमा धेरै खुसी लागेकोछ” ।
जिल्ला अस्पताल दैलेखका अनुसार दैलेखको पश्चिक क्षेत्रमा करिव ६० प्रतिसत एच.आई.भि. प्रभावितहरु रहेका र सामाजिक विभेदका कारण प्रभावित वाल वालिकाहरु विद्यालय को मुखसम्म देख्न पाएका थिएनन् तर विद्यालय भर्ना अभियान थालनी भएपछि त्यस क्षेत्रका छ गाउ विकास समितिमा वसोवास गर्ने एच.आई.भि. प्रभावित ७० जना वाल वालिकाहरु धमाधम विद्यालय जान थालेकाछन् ।
वढी उमेरका एच.आई. भि. प्रभावित सिगौडी ९ का १३ वर्षिय प्रकास विक भन्दछन् “ आफु सानो छदा सवै विद्यालय जान्थे पढ्ने रहर आफुलाई पनि लाग्थ्यो आफ्ना वुवालाई वम्मईको रोग भई मृत्यू भएपछि सवैले हेला गर्न थाले विद्यालय भर्ना अभियान आफ्नो गाउमा आउदा ढिलै भएपनि कक्षा एक मा पढ्न पाउदा खुसी लागेकोछ ” ।
अनि थप्दछन् “आफुले मेहनेतसाथ पढ्ने र शिक्षक वनि एच.आई.भि. प्रभावितका वारेमा शिक्षा दिने र अरु म जस्तै सामाजिक कुसंस्कारका कारण विद्यालय जानवाट वन्चित भएका वाल वालिकालाई विद्यालय जान उत्साहित गर्ने छु” ।
अर्का एच.आई.भि. संक्रमित वालक सिहासैन वडा नं. ५ निवासी १४ वर्षिय विनोद आचार्य भन्दछन् “एच.आई.भि.का कारण वुवा आमाको मृत्यु भयो विद्यालयमा जांदा सवैले हेला गरि वम्मै रोगीको छोरा भनि साथीहरुले गिजाउथे संगै वेन्चमा वस्न दिदैनथे विद्यालय छोडु जस्तो लागेको थियो यो अभियान आएपछि सजिलो भएकोछ र पढ्ने साहस पनि आयो” ।
यस विषयमा विद्यालय भर्ना अभियान संचालन गर्दै आईरहेको एक स्थानीय गैह्र सरकारी संस्था सामाजिक सेवा केन्द्र दैलेख का कार्यक्रम संयोजक उपेन्द्र वहादु भण्डारी भन्छन् “त्यस भेकका करिव ७० जना एच.आई. भि. प्रभावित वाल वालिका विद्यालय भर्ना अभियानवाट विद्यालयमा ल्याउन सफल भएकाछौ भने अन्य पहुच नभएका दलित तथा विपन्न वर्गका वाल वालिका करिव सत्र सयलाई पनि विद्यालय ल्याउन सफल भएका छौ, विशेष गरि एच.आई.भि. प्रभावित वालवालिकालाई छात्रवृद्धि स्वरुप स्कुल डेस, कापी, कलम, झोला सहयोग गरेपछि उनिहरु नियमित विद्यालय आउन थालेकाछन्” ।
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. गुणराज अवस्थीका अनुसार त्यस क्षेत्रका ७२ जना एच.आई.भि. पिडितको मृत्यु भईसकेको छ ।
जिल्ला शिक्षा कार्यालय तिलेपाटा श्रोत केन्द्रका श्रोत व्यक्ति रामकृष्ण पौडेल भन्छन “भर्ना अभियानको कारण यस वर्ष करिव सत्र सय वालवालिका विद्यालय आउन थाले भने छ सय पचहत्तर वढी उमेरका रहेकाछन्, हाल त्यस भेकमा कक्षा एकको कक्षा कोठा मनोरक वनेकोछ भने वाल वालिका नियमित विद्यालय आउन थालेका छन्, यसवाट म धेरै खुसी भएकोछ भने गुणस्तरिय शिक्षाको लागि योगदान पुगेका महशुस गरेकोछु” ।

 

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*