रातोबंगलाको घुम्ती वैठक सम्पन्न

दैलेखखवर समाचारदाता, दैलेख .
रातो वंगला संजाल विधालयहरुको नियमित घुम्ती वैठक भैरव प्राथमिक विधालय कालभैरवमा सम्पन्न भएको छ ।
सो विधालयका व्यवस्थापन समिती अध्यक्ष डम्वरवहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको सो वैठकमा संजाल विधालयका प्रधानाध्यापक लगायत भैरव प्राविका व्यवस्थापन समिती सदस्यहरु,अभिभावक संघका सदस्यहरु र शिक्षकहरुको उपस्थिती रहेको थियो । सो वैठकमा शैक्षिक सत्र २०७१को वार्षिक परिक्षा संचालन सम्वन्धी छलफल भएको थियो भने जनता मावि कोटथाप्ला जाहरकोटका नवनियुक्त प्रधानाध्यापक शान्ता थापालाई कार्यकालको पुर्ण सफलताको शुभकामना व्यक्त गर्दै हार्दिक वधाई दिनुको साथै सो विधालयवाट सरुवा भई गएका पुर्व प्रधानाध्यापक लिलाराम सिजापतीलाई उपहारसहित विदाई गरीएको थियो ।

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*