सम्पदाको तेस्रो धनी जिल्ला दैलेख

22 dewol, yaslai biswosampada ko ka bargama rkeheko 6a, dailekh8

22 dewol, yaslai biswosampada ko ka bargama rkeheko 6a, dailekh9

char khamba, yaha phulpati ma government le puga garnuka sathai bali chadune garda6a, dailekh1

cultural, dailekh1

cultural, dailekha

dailekh bazar 1

dailekh ko gadi3

dhuleshor mandir , yo madir 100 barsa vanda pani purano ho , yo pancha thirtha palace ma par6a , dailekh1

dulu bazar dailekhc

dulu darbar, dailekh5

kritikhaba, dailekh

lathi nach, daileh

navisthan jwala, yaslai god maner puja garnuka sathai, markeo manislai ago dine kam garin6a, dailekh13

nepali bhasama lekhyako pahailo abhilekh, dailekh 1

cultural1, dailekh
भरत बन्धु थापा :
कला सम्पदाको संरक्षणमा सरकार र सरोकारवाला निकायहरु अग्रसर बन्न नसक्दा दैखेलका सम्पदा यत्र तत्र छरिएर विनकास प्रखाईमा छन् । नेपाली भाषाको पहिलो अभिलेख ज्वालाहरुको क्षेत्र, पञ्च तिर्थ स्थल र देवलहरुको खुल्ला विश्वविधालयका रुपमा परिचित भएता पनि संरक्षणको हुन नसक्दा नासिने मासिनेक्र बढेको बताउँछन् स्थानीयहरु । दैलेख कला सम्पाद र ऐतिहसिक स्मारकका दृष्टिले काठमाण्डांै, लुम्बीनी पछि पर्न आउदछ ।
दैलेखको दुल्लु स्थिति दामुपालको अभिलेख नेपाली भाषामा लेखीएको पहिलो अभिलेख भएता पनि यसको संरक्षण हुन नसक्दा आफ्नो अस्तित्व गुमाउँदै गएको गुनासो गर्छन् सम्पदा प्रमीहरु । देवनागरी लिपिमा लेखिएको यस्तो अभिलेख हालसम्म अन्यत्र कतै नभेटिएकोले यो नै एकमात्र नेपाली भाषामा लेखिएको सबैभन्दा पुरानो प्रमाण मानिन्छ ।
दुल्लु क्षेत्र
दुल्लु क्षेत्रमा दुल्लु दरबार, नेपाली भाषामा लेखीएको पहिलो अभिलेख तथा ऐतिहासीक महत्तव बोकेका पाटी , पौवा, अभिलेखहरु प्रस्तत मात्रामा यत्रतत्र छरीएर रहेका छन् । यो क्षेत्र खस राज्यको पालामा कर्णाली क्षेत्रको प्रमुख ब्यापारीक केन्द्र समेत रहेको ईतिहासमा उल्लेख गरिएको छ । दुल्लूमा रहेको अर्को महत्वपूर्ण अभिलेख हो कीर्तिस्तम्भ जसलाई कर्णाली प्रदेशका शाशक पृथ्वी मल्लले बि.सं.गाढेका थिए ।
श्रीस्थान क्षेत्र
दैलखको श्रीस्थानमा बर्षौ देखी निरन्तर रुपमा ज्वाला बलिरहेको छ । जुन बाईसे चौबिसे राज्यमा शक्तिाशाली मानीएको दुल्लु र दैलेख सदरमुकामको विच खोचमा रहेको छ । श्रीस्थान खोलाको छेउमा बर्षौ देखी निरन्तर बलीरहेको छ ज्वाला तर्फ पछिल्लो समयमा सरकारको नजर त पुग्यो तर जस्ताको तस्तै भने भैm कुनै संरक्षणको पहल भने भएन । पञ्च तिर्थ स्थल मध्येको एक श्रीस्थानका आफ्नो छुट्टै धार्मिक महत्तव रहेको छ । पाँच पाण्डवको समयदेखी निरन्तर आगोको ज्वाला बल्दै आएको हो भन्ने जनविश्वस रहेको छ । यही ज्वाल रहेको मन्दिर नै श्रीस्थान ज्वाला मन्दीर हो ।
यसै गरी श्रीस्थानको पश्चिममा नाभीस्थान मन्दिर पर्दछ । जस्मा दुईवटा ज्वाला बल्ने गर्दछन् । यस मन्दिमा श्रीस्थान मन्दिर जस्तै पहिले जता ततै ज्वाला बल्ने मन्दिरमा भेटिएका पुजारी बताउँछन् । श्रीस्थान र नाभिस्थानको ज्वालाको आगो ल्याएर मृत शरिरमा दागबत्ति दिने गरीन्छ । यहाँको ज्वालाको आगोले दागबत्ति दिएमा मृत आत्मले शान्ति पाउनुका साथै स्वर्गबास हुन्छ भन्ने जनविश्वास रहेको छ ।

देवलहरु
नारायण नगरपालिकाभित्र पर्ने भूर्तिमा शिखरशैलीमा ढुङ्गाद्वारा निर्माण गरिएका अग्ला अग्ला देवलहरूलाई युनेस्कोले ३० जनवरी २००८ मा विश्व सम्पदाको सम्भाव्य सूचीको क वर्गमा राखेको छ । यस्ता देवलहरूलाई महाभारतकालीन भन्ने गरिएको भएतापनि केही देवलहरूमा खसमल्ल साम्राज्यकालका तिथी मितिहरू कुँदिएको छ । यस्ता देवलहरू दैलेख जिल्लामा ८४ वटा भेटिएकोमा २५ वटा लोप भइसकेका छन् भने बाँकी रहेका ३९ वटा पनि अत्यन्त जोखिम अवस्था रहेका छन् । यती मात्र नएर दैलेखको पञ्च तिर्थ स्थहरुको समेत संरक्षण हुने नसको स्थानीयहरुको गुनासो सम्बोधन कतै बाट हुन सकेको छैन । दैलेकको कोतगडी , बेलास्पुर मन्दिरको पनि आफ्नो छुट्टै महत्व र किम्बदन्ती रहेको छ । दैलेखलाई प्रकृतिले समेत पूर्ण साथ दिएको छ । तराई देखि उच्च हिमाल सम्मका उव्जनीहरु हुन्छ । त्यस्तै दैलेखमा भएका विभिन्न खानीहरुको समेत पहिचान गरि तिनको सदुपयोग गर्न सकेका नेपाल सरकार र यस जिल्लाका स्थानियले आर्थिक फड्को मार्न सकिने देखिन्छ ।

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*