सन्दर्भ .ं छाउपडि प्रथा अलपत्र निर्देशिका, छरपष्ट पिडा

chaupadiभक्त शाही
सिमसेर,(दैलेख) । चामुण्डा –९ सिमसेर कि २४ वर्षिया विमला तामाङले महिनावारी नबार्ने गरेको तीन वर्ष भयो । आफु घरमा एक्लै हुँदा खाना बनाई दिने मान्छे कोही नभएपछि बाध्यता भई महिनावारी नवार्ने गरेको खुलासा गरिन । तीनवर्षदेखि छुईहुँदा म घरमै बसे देउता अहिले सम्म रिसाएका छैनन् ।
सोही गाविसकी ३५ वर्षिया मामसरा रावत भने देवी देवता रिसाएर आफ्नो जहानपरिवारलाई विरामी बनाई दिने असफल पारिदिने भएकाले महिनावारी भएको समयमा कुनैपनि हालतमा घरमा नवस्ने बताउँछिन । मैले महिनावारी भएको पाँच दिनमै घरमा आएर खाना बनाउँदा भैसी गोठमै म¥यो, कसरी घर वस्ने । ’जोतिष हेराउँदा पनि घरमै बसेको दोष लगायो,उनले दुखेसो पोखिन् ।
महिनावारी परम्परादेखि चलिआएको चलन भएकाले छाड्न सकिन्न सोही ठाउँकी अर्जुना शाहीले बताईन् उनले हिनावारी भएको बेला दही दुध खाने मन लाग्छ तर देउता रिसाउने हुँदा खान पाइदैन । ‘अब घर भित्र नै बस्ने चलन सरकारले ल्याउने पर्ने धारणा व्यक्त गरिन् ।’ विशेष गरि साउन भदौको महिनामा खेतबारीमा काम गर्ने जानुपर्ने भएको महिनावारी रोक्नको सुइ (इन्जेक्सन) लगाउने र औषधी खाने गरेको भद्रा शाहीले बताइन् । पश्चिम जिल्लाका पिपलकोट,राकमकर्णाली र सिगौडी गाविस छाउपडीमुक्त गाविस भईसकेपनि चामुण्डा गाविसमा अभियान कुनै प्रभाव नपारेको अर्जुना शाहीले बताईन् । ,हामीलाई कहाँ के भयो,थाहा छैन, हामी त छुइ भयाँका बेला गोठै बस्छौं,देउताले सुख दिनैन शाहीले भनिन् ।
नेपाल सरकारले छाउपडी प्रथालाई कुरिती घोषणा गर्न निर्देशिका जारी गरेपनि छाउपडी निर्देशिका गाउँ पुग्न सकेको छैनन् । छाउपडी प्रथा निर्देशिका कार्यान्वयन लागि जिल्लामा गठित समिती निस्क्रिय हुनुले नै निर्देशिका गाउँ पुग्न नसकेको महिला सशक्तिकरण मञ्च अध्यक्ष डिलकुमारी चन्दले बताईन । सर्वोच्च अदालतको ०६२ बैशाख १९ को आदेश अनुसार सरकारले ०६३ बैशाख २६ गते छाउपडी प्रथालाई कुिरति घोषणा गर्नुका साथै निर्देशिका र आवश्यक कानुन निर्माण गरेको थियो । प्रथा कार्यान्वयनका लागि जिल्ला विकास समिति संयोजक र महिला विकास कार्यालयलाई सदस्यसचिव रहने निर्देशिकाले तोकेको छ । जिल्ला प्रशासन, शिक्षा, जनस्वास्थ्य, प्रहरी, गैससहरु, अगुवा महिला, बाल क्लब र शिक्षक प्रतिनिधि समितिमा रहने व्यवस्था गरिएको छ ।
चामुण्डा –९ थापागाउँका गमबहादुर शाही भने घरमा कोही मान्छे विरामी हुदाँ धामी झाँक्रीले महिनावारीलाई दोष दिन्छन् । ‘विरामी हुने ग्रह दशाले भेटाएर हो वा महिनावारीका कारण हो छुट्टयाउन सकिएको छैन ।’ चामुण्डा उच्च मावि कक्षा ११ मा अध्ययरत छात्रा अनिता रावत भने देवता रिसाएर घरभित्र बस्न दिदैन भने सबै मिलेर सुधारिएको छाउपडी गोठ बनाउनुपर्ने बताउछिन् । महिनावारी भएको बेला सबै अलग अलग बस्ने भएकाले नियास्रो समेत लाग्ने गरेको बताइन् ।’
तीन वर्ष अघि सन २०१२ मार्च ८ मा १०२ औं अन्र्तराष्ट्रिय महिला दिवसको अवसर पारेर छाउपडी प्रथा अन्त्य गर्ने जिल्लाका एभरेष्ट क्लव,महिला सशक्तिकरण मञ्च र सामाजिक सेवा केन्द्र सोसेकले अभियान थालिने प्रेस विज्ञप्ती मार्फत जानकारी गराएपनि त्यो अभियान कागजमा मात्र सिमित रह्यो । महिनावारी भएको बेला महिलाले गोठमै बस्नु प¥यो । तोलीजैसी,सात्तला र लकान्द्र गाविसमा महिला सशक्तिकरण जनचेतनामुलक कार्यक्रम गरेपनि महिलाले छाउपडी बार्न छाडेनन् । छाउपडी कम गर्नका लागि एकदुई जना महिलालाई जम्मा गरेर न्यूनीकरण हुन नसक्ने तोलीजैसी गाविसका शिक्षक टेकबहादुर रोकायाले बताए । छाउपडी प्रथाको न्यूनीकरण गर्न गाउँ छिरेका गैरसरकारी सस्थाले महिलाको मात्र भेला गराएर कार्यक्रम गरेकाले रकम सक्ने मेशो मात्र गरेको उनले आरोप लगाए । साच्चै नै छाउपडी प्रथा कम गर्न लक्ष्य नै हो प्रत्येक गाविसमा छलफल कक्षा सञ्चालन गरेर महिला र पुरुषमा चेतना जगाउनु पर्छ, उनले थपे ।
वातावरण समाज सुधार केन्द्र सुर्खेतले भने जिल्लाका तीन गाविसलाई छाउपडीमुक्त गाविस घोषणा गरिसकेको कार्यक्रम अधिकृत घनश्याम तिमिल्सेनाले जानकारी दिए । तीन गाविस छाउपडी मुक्त गाविस घोषणा भईसकेका छन् अब केही दिनमा अरु गाविसलाई घोषणा गर्न लागेको जानकारी दिए । गाविसलाई छाउपडीमुक्त गाविस घोषणा गर्न देउडागीत प्रतियोगिता,स्वास्थ्य सुरक्षा तथा सरसफाई तालिम र धामी झाँक्री बिचको अन्र्तक्रिया कार्यक्रमलाई तिव्रता दिएको केन्द्र जनाएको छ ।
महिनावारी बेलामा अधिकांश ग्रामिण भेगका महिला बढी यौन हिंसा र वलत्कारका घटनाबाट पिडित हुने,सर्पले टोक्ने, जंगली जनावरको आक्रमणमा पर्ने, दुग्धजन्य पदार्थ,पोषणयुक्त खाने कुरा नदिई कमजोर हुने, आराम चाहिने समयमा वढी श्रम गर्नुपर्ने, विद्यालय जान नपाइने, धारामा समेत जान नदिनु जस्ता परम्परागत रुढीबाढी कुराले महिलाहरु धेरै कुराबाट बञ्चित हुने गरेकाले घटना न्यूनीकरणका लागी अभियान थालिएको थियो ।

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*