दुल्लु नगरपालीकाको सावजनीक सुनुवाई सम्पन्न

दैलेखखवर समाचारदाता,दुल्लु, दैलेख । दुल्लु नगरपालीकाको कार्यालयले महेन्द्र जयदेवी उच्चमाध्यामिक विद्यालय छिउडीपुसाकेटमा सनिवार सार्वजनिक सुनुवार्य कार्यक्रम सम्पन्न गरेको छ ।
नगरपालीकाको काम प्रति सन्तुष्टी ब्यक्त गर्दै कार्यक्रमका सहभागीहरुले अझै प्रभावकारी सेवा प्रदान गर्न सुझाब दिएका थिए । नगरपालीका स्थापना भएको छोटो समय भए पनि नगरले आफ्नो स्वरुप परिवर्तन गरेको भन्दै प्रसंसा गरेका थिए । सिमित स्रोत साधनमा पनि धेरै काम गर्ने योजनाका साथ नगरपालीका सक्रिय भएको भन्दै त्यसलाई निरन्तरता दिन अनुरोध गरेका थिए । नगरपालीकाबाट शुरु गरिएका विकास निर्माणका कामहरुमा पहुँच कमभएका उपभोक्ताको सहभागीता कम भएको भन्दै त्यसमा ध्यान दिन नगरपालीकालाई सुझाब दिएका थिए । दुल्लु नगरपालीकामा मालपोत, नापी कार्यालयको स्थापनाका लागि नगरपालीका र राजनीतिक दलहरुले तत्काल पहल गर्न माग गरिएको थियो । सार्वजनिक सुनुवाईका सहभागीहरुले नगरपालीकाले माग अनुसारको सेवा अझै पु¥यायन नसकेको भन्दै त्यसमा ध्यान दिन अनुरोध गरेका थिए भने नगरपालीकाबाट गरिने योजना अनुगमन समितिमा सबैलाई समावेस गरी प्रभावकारी अनुगमन गर्न माग गरेका थिए ।

                                                                       SAMSUNG CAMERA PICTURES
आफ्ना गुनासा राख्न आएका सहभागीहरुले नगरपालीका सँगै अन्य सरोकार वाला कार्यालयबाट समभागी कम भएको भन्दै असन्तुष्टी जनाएका थिए । सार्वजनीक सुनुवाई नगरपालीकाले आयोजना गरेपनि नगरपालीकाम कार्यरत सबै सरकारी तथा गैरसरकारी सँथाको सहभागीता हुनुपर्ने उनिहरुको माग रहेको थियो । अन्य कार्यालयले नगरपालीकामा के काम गरिरहेका छन भन्ने बारेमा सबै नगरबासीलाई जानकारी दिईनु पर्ने सहभागीहरुले बताएका थिए ।
सार्वजनिक सुनुवाई कार्यक्रममा दुल्लू नगरपालिकाका कार्यकारी अधिकृत दीपेन्द्रबहादुर शाहीले नगरपालिका क्षेत्रमा दुल्लू नगरपालिका, विषयगत कार्यालय र अन्य विकास साझेदार संघसंस्था एवम् निकायबाट सञ्चालित विकास कार्यक्रम र प्रवाह गरिने सेवासुविधाको जानकारी गराएका थिए । साथै अघिल्लो सार्वजनिक सुनुवाईमा जवाफदेही निकायहरुले गरेका साझा प्रतिबद्धता कार्यान्वयनको स्थिति बारेमा जानकारी गराएका थिए ।

                                                SAMSUNG CAMERA PICTURES
कार्यकारी अधिकृत शाहीले कार्यक्रममा सहमागीले उठाएका प्रश्नको जबाफ दिदै विकास निर्माणका कामलाई प्रभावकारी रुपमा लैजाने र उपभोक्ता समितिमा बास्तविक उपभोक्तालाई प्राथमिकता दिने प्रतिवद्धता जनाएका थिए । उनले नगरबाट गरिने अनुगमन समितिमा सबैको समावेसीबनाएर प्रभावकारी रुपमा अनुगमन गरिने बताएका थिए । कार्यालयबाट प्रदान गरिएका सेवाको प्रभावकारीता र आगामी दिनमा प्रदान गरिने सेवाको गुणस्तरमा बृद्धी गराउन जनता सँग प्रतक्ष सवाल जवाफ गर्ने उद्दश्यले सार्वजनीक सुनुवार्य कार्यक्रम गरेको कार्यकारी अकिकृत शाहीले जानकारी दिए ।

सार्वजनीक सुनुवाई कार्यक्रममा दुल्लू नगरपालिका स्थित विषयगत कार्यालयहरु, त्रियाशिल राजनैतिक दल, गैरसरकारी संघसस्था र सेवाग्राहीहरुको उपस्थिति रहेको थियो भने ३ बुँदे साझा प्रतिबद्धता जारी गरी कार्यक्रम सम्पन्न भएको थियो ।

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*