दैलेखमा महिलाको आङ खस्ने समस्या सम्बन्धी २ दिने तालिम समपन्न

DSC07439
दैलेखखवर समाचारदाता, दैलेख ।जिल्लामा रहेको महिलाहरुको आङखस्ने समस्या निवारणका लागि स्वास्थ्य कर्मिहरुलाई दक्ष बनाउन दुई दिने महिलाको आङ अस्ने समस्या सम्बन्धी दुई दिने तालिन शुरुभएको छ ।
रूपान्तरण नेपालले स्थानीय युवा साझेदारी कार्यक्रम अन्तर्गत, जि.वि.स. दैलेखको आर्थिक सहयोग तथा फ्लुर हिमालयन लिमिटेडको प्राविधिक सहयोगमा २ दिने ‘महिलाहरुको आङ खस्ने समस्यासम्बन्धी तालिम’ जिल्ला स्वास्थ्य कार्यालय, दैलेखमा सञ्चालन गरेको छ । तालिमको बारेमा जानकारी गराउँदै रूपान्तरण नेपालका अध्यक्ष मोहन शाहीले दैलेख जिल्ला स्वास्थ्यको क्षेत्रमा देशकै ७२ औं नम्वरमा पर्ने जानकारी दिदै महिलाको आङ खस्ने समस्या अझ जटिल समस्याको रूपमा रहेको बताए । धेरैजसो महिलाहरुलाई आङ खस्ने समस्याका बारेमा जानकारी नै नहुने र जानकारी भएका महिलाहरु पनि शंकोच मानी समस्या लुकाउनाले भविष्यमा क्यान्सरका कारण ज्यान नै गुमाउनु परेको शाहीले दावि गरे । तालिमका क्रममा जिल्ला स्वास्थ्य कार्यालयका निमित्त कार्यालय प्रमुख डा. विश्वराज तिमल्सिनाले तालिम सफलताको शुभकामना दिदै तालिमपछि सबैले आङ सस्ने समस्यालाई समाधान गर्न अग्रसर हुुनुपर्ने बताए ।
पहिलो दिनको तालिममा सहभागी करिव ४५ जना स्टाफ नर्स र अनमीहरुलाई कोहलपुर मेडिकल कलेजका सहायक निर्देशक डा. सुभाष पाण्डेय, फ्लुर हिमालयन लिमिटेडका सिताराम जोशी र राधेश्याम झाले तालिम दिएका थिए । तालिमको सञ्चालन र सहजिकरण जिल्ला स्वास्थ्य कार्यालयका सामुदयिक नर्सिङ निरिक्षक लक्ष्मी आचार्यले गरेकि थिईन । तालिमका सहभागी मध्य महेश्वरी पन्त, यज्ञकुमारी योगी र संगिता रिजालले एलोपेथिक र आर्यवेदिक दुवै किसिमको प्राथमिक उपचार पद्धतिका बारेमा जान्ने ठुलो अवसर पाइएको बताएका थिए । चैत्र ४ गतेको तालिममा ५० जना अनमी र स्टाफ नर्सहरुको अर्को समुहलाई तालिम दिइने आयोजकद्वारा जानकारी दिईएको छ ।

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*