सवारी दुर्घटना सम्बन्धि चेतना जगाउन प्रहरी समुदायमा

SAMSUNG CAMERA PICTURES
दैलेखखवर समाचारदाता,दैलेख । बढदो सवारी दुर्घटनालाई न्यूनिकरण गर्न जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक कार्यालयले एक दिने चेतना मुलक कार्यक्रम सञ्चालन गरेका छन् ।
कर्णाली राजमार्गगमा चल्ने यात्रुबाहक बस,ट्र««क तथा जिपका सवारी साधनका चालक, परीचालक, सवारीधनी र अन्य सरोकारवालाहरुलाई सवारी दुर्घटना न्युनिकरण सम्बन्धी कार्य स्थलमै अनुशिक्षण प्रदान गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक पुष्करबहादुर चन्दको नेतृत्वमा दुल्लु नगरपालीका १ र खडकवाडा गाबिस २ तल्लोडुङगेश्वरमा १६ वटा सवारी साधनका चालक देखि सवारी धनिलाई अनुशिक्षण प्रदान गरिएको थियो ।

SAMSUNG CAMERA PICTURES
अनुशिक्षणको क्रममा सवारी साधनमा यात्रा गरिरहेका २सय ८५ जना यात्रुहरुलाई यात्रा गर्दा यात्रुहरुले सवारी दुर्घटना न्युनिकरण सम्बन्धी अपनाउनु पर्ने सावधानीका बिषयमा एक मिनेट यात्रुसँग कार्यक्रम अन्र्तगत अनुशिक्षण प्रदान गरिएको थियो । सोहि क्रममा यात्रुलगायत सर्बसाधारणलाई सवारी दुर्घटना न्यूनिकरण सम्बन्धि पर्चा पम्पेलेट वितरण गरिएको थियो । यात्रुहरुलाई सार्वजनिक स्थानमा धुम्रपान निषेध सम्बन्धी पर्चा पम्पलेट समेत वितरण गरि कानुनी प्रावधानका बारेमा जानकारी गराईएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक पुष्करबहादुर चन्दले जानकारी दिए ।

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*