कार्यसम्पादका आधारमा बढुवा हुनुपर्छ .ं देवकोटा

 

 

SAM_4825

दैलेखखवर समाचारदाता, दैलेख । निजामती सेवामा कर्मचारीलाई आन्तरिक प्रष्पिर्धाका आधारमा नभएर ब्यक्तिको कार्यसम्पादनका आधारमा बढुवाको ब्यवस्था गर्नुपर्ने नेपाल निजामती कर्मचारी सँगठनका वरिष्ठ केन्द्रिय उपाध्यक्ष केदार देवकोटाले बताएका छन् ।
जनताको कम प्रभावकारी गराउन आन्तरिक प्रतिष्पर्धा भन्दा कार्यसम्पादनका आधारमा बढुवा गराउनुपर्ने तर्क उपाध्यक्ष देवकोटाको थियो । राज्यले जनताका लागि छुट्टायको बजेट कर्मचारीहरु काम भन्दा परिक्षामा ध्यान दिने हुदा खर्च समयमै नहुने भए पनि प्रभावकारी रुपमा खर्च नहुने गरेका कारण उपलब्धि हासील गर्न नसकेको दावि गरे । उपाध्यक्ष देवकोटाले अहिले काम भन्दा पनि परिक्षामा कसरी पास हुने भन्ने भएकाले कार्यालयमा काम गर्ने बानीकम भएकाले कर्मचारीको कामको मल्याङ्ककन, शैक्षिक योग्यता, अनुसासनका आधारमा बढुवा गरे जनताले विकासका साथै सेवामा गुणस्तर भएको महसुस गर्ने बताए ।

SAM_4822
कार्यालयमा सेवाका लागि आएका सेवाग्राहीलाई गुणस्तरिय सेवा प्रवाह गर्न र उनिहरुको अधिकारका बारेमा हाकीम सँग नडराउन केन्द्रिय उपाध्यक्ष केदार देवकोटाले अग्रह गरेका थिए । उनले कार्यालय बालमैत्री, अपाङ्गमैत्री र सेवा छिटो प्रवाह गर्न निजामी कर्मचारी सँगठनका सदस्यहरु लाग्नु पर्ने भन्दै यस विषयमा कसैको डर नमानेर अगाडी बढन आग्रह गर्दै सहि कुरा उठाउदा कसेको संकोच मान्नु नपर्ने बताए । नेपाल निजामती कर्मचारी सँगठनको सदस्य भैसकेको ब्यक्तिले आफ्नो भन्दा पनि सेवाग्राहीको र निजामती कर्मचारी प्रसासनका बारेमा चिन्ता गर्नुपर्ने भन्दै त्यसमा सबैले ध्यान दिन आग्रह गरे । अहिले सरुवा, वढुवा, विदेश भ्रमणमा जान र विदामा बस्न सँगठनको सदस्यता लिने गरेको पाहिएको भन्दै त्यस्ता ब्यक्तिलाई निरुत्साहित गर्न उपाध्यक्ष देवकोटाले आग्रह गरे ।
नेकपा एमालेका जिल्ला अध्यक्ष रविन्द्रराज शर्माले देशका हरेक परिवर्तनमा नेपाल निजमती कर्मचारी सँगठनले नेतृत्वदायी भुमिका खेलेको भन्दै प्रसंसा गरेका थिए । उनले नेपाल निजामती सँगठनले कर्मचारी हकहित मात्र नभएर नेपालको राजनीतिलाई दिगो ढंगले लैजान समेत महत्वपूर्ण योगदान दिएको बताए । जिल्लामा पार्टीले निजामती कर्मचारीहरुका मागलाई सम्बोधन गरिरहेको दावि गर्दै संगठनको केन्द्रले पनि विशेष ध्यान दिन आग्रह गरे ।
नेपाल निजामती कर्मचारी सँगठन दैलेखको तेस्रो जिल्ला परिषद तथा प्रशिक्षण कार्यक्रममा संगठनका केन्द्रिय सचिब रमेश भण्डारी, सह कोषाध्यक्ष बखतबहादुर खड्का, भेरिअञ्चल इन्चार्ज मोहल गिरी, केन्द्रिय सदस्य मञ्जु कोईरालाले सहभागी थिए ।

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*